ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, October 21, 2009

'चीन र भारतसँग समदूरी जरुरी'



काठमाडौ, २०६६ कार्तिक ४ - प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय हितका लागि छिमेकी मुलुक चीन र भारतसँग समदूरी कायम राख्नुपर्ने बताएका छन् । उनले दलहरुबीच सहमति भएमात्र राष्ट्रिय हितको सम्बर्द्धन गर्न सकिने धारणा पनि राखे । राजधानीमा बुधबार आयोजित गोष्ठिमा बोल्दै उनले शान्ति प्रकृया र संविधान निर्माण सरकारको उच्च प्राथामिकतामा रहेको बताउदै समयमै संविधान बनाउन सकेमात्र लोकतन्त्र र बिधिको शासनलाई संस्थागत गर्न सकिने उल्लेख गरे ।

उनले सेना समायोजनका लागि बिशेष समितिले काम गरिरहेकाले समायोजन हुनेमा ढुक्क हुन आग्रह गरे ।

कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतमले संविधानसभाको सबैभन्दा ठूलो दलको रुपमा स्थापित माओवादीलाई पाखा लगाउनु नहुने बताए । उनले अहिलेको गैर माओवादी समिकरण दुर्भाग्यपूर्ण भएको पनि बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by