ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 19, 2009

असी प्रतिशत फूलको माला भारतबाट

रत्ननगर (चितवन), कात्तिक २- 
फूलैफूलको चाड तिहारमा चितवनमा यसपटक भारतबाट फूलको माला भित्रिएका छन्। खडेरीका कारण समयमा पानी नपरेर फूलको उत्पादनमा कमी आएपछि भारतबाट फूलको माला भित्रिएको हो। अहिलेको तिहारमा ८० प्रतिशत माला भारतबाट भित्रिएको फूल व्यापारीहरू बताउँछन्। विगतका वर्षहरूमा यतिखेर बजारका पसलहरूमा फूलका थुङ्गा र मालाले सजिएको पाइने भए पनि यस वर्ष तिहार लागिसक्दा पनि चितवनको नारायणगढ बजारमा फूलहरू फाट्टफुट्टरूपमा मात्र देख्न पाइन्छ।

स्थानीय किसानले लगाएको सयपत्री फूल फुल्न ढिला भएकाले बजारमा फूल आउन नसकेको र भारतबाट आएका फूल अत्यधिक महँगो भएको फूल व्यावसायी प्रकाश पन्तको भनाइ छ। गत वर्ष रु.१० पर्ने फूलको माला यसपाली भने रु.४० देखि रु. ५० पर्ने गरेको भरतपुरका माधव श्रेष्ठ बताउँछन्।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by