ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 24, 2009

'आन्दोलनको भाषाले द्वन्द्व र मुठभेड'



काठमाडौ, २०६६ कार्तिक ७ - 

प्रधानमन्त्री माधवकुमार नेपालले धम्कीपूर्ण भाषाले सहमतिमा अवरोध पुग्ने भन्दै देशलाई मुठभेड र द्वन्द्वमा नधकल्न माओवादीसँग आग्रह गरेका छन् । सहमति नभए कार्तिक १५ गतेदेखि आन्दोलन गर्ने माओवादीले निर्णय गरेको भोलिपल्ट राजधानीमा शनिबार सर्बेश्वर निमाविको नवनिर्मित भवनको उदघाटन गर्दै उनले आन्दोलन गर्ने माओवादी निर्णयले सहमतिमा अप्ठ्यारो पर्ने बताए ।

'आन्दोलनले मुठभेट र द्वन्द्व निम्त्याउछ । सहमतिको बाटोमा अवरोध गर्छ ।' उनले भने, 'माओवादीलाई आन्दोलन र धम्कीको भाषा सुहाउदैन ।'
उनले माओवादीले राष्ट्रपतिलाई मात्र दोष देखाउनुभन्दा आफूभित्रको दोष पनि खोज्नुपर्ने सुझाव दिदै संसदको गतिरोध अन्त्य गर्न लचिलो हुनुपर्ने बताए ।

सरकारमा सहभागी हुन माओवादीका लागि ढोका खुल्ला भएको बताउदै उनले सहमतिको बातावरण तयार पार्न आग्रह गरे ।

नेपालले शिविरमा रहेका अयोग्य लडाकुको पुर्नस्थापना गर्न माओवादी सहयोगको अपेक्षा गर्दै द्वन्द्वकालमा कब्जा गरिएका सम्पति फिर्ता गर्न आग्रह गरे ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by