ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, October 22, 2009

माधव नेपाल संग दुरी बढ्यो





उनले प्रतिपक्षले विरोध स्वरुप संसद अवरुद्ध गर्न मिल्ने उल्लेख गर्दै भने, 'तर त्यो सांकेतिक हुनुपर्छ ।' 


दीपेन्द्र बडुवाल/नारायणगढ, , २०६६ कार्तिक ५ -
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री माधवकुमार नेपालको कार्यशैलीप्रति आफनो दलका साथीहरु असन्तुष्ट रहेको बताएका छन् । वर्तमान सरकारमा साझेदार दलहरु बीच मतभेद नरहेको बताउँदै उनले प्रधानमन्त्रीको कार्यशैलीको छोटो शब्दमा आलोचना गरे । उनले असन्तुष्टीका आधार भने प्रस्ट पारेनन । बिहीबार मध्यान्ह चितवनको भरतपुर विमानस्थलमा संवाददाताहरु संग छोटो कुरा गर्दै उनले माओवादीको संसद अवरोधको बिरोध गरे ।



उनले प्रतिपक्षले विरोध स्वरुप संसद अवरुद्ध गर्न मिल्ने उल्लेख गर्दै भने, 'तर त्यो सांकेतिक हुनुपर्छ ।'


उनले यति लामो समय संसद अवरोध गरेर माओवादीले मुलुकलाई नै ठप्प पारेको आरोप लगाए । माओवादीले राष्ट्रपतिको कदम सच्याउँनु पर्ने भनी राखेको माग झगडा गर्ने निहुँ मात्रै भएको उनले दाबी गरे । प्रधानसेनापतिको विषयलाई लिएर पुष्पकमल दाहालले राजिनामा दिए लगत्तै माओवादीको उक्त मार्ग तुहिसकेको उनले आरोप लगाए । 


कांग्रेस निकट प्रजातान्त्रिक सेनानी संघका सभापति चिज कुमार श्रेष्ठको स्वर्गारोहण भएको आज १३ औं दिनको पुण्य तिथिमा सहभागी हुन पौडेल र कार्यबाहक सभापति सुशिल कोइराला नारायणगढ पुगेको थिए

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by