ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, October 19, 2009

तिव्वत र ताइवानप्रति चिनियाँ चासो


"नले भने, 'चिनिया सरकार नेपालको संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु जुनसुकै सहयोग गर्न पनि तयार छ ।" 
दीपेन्द्र बिष्ट/काठमाडौ, २०६६ कार्तिक २ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणको क्रममा त्यहाका प्रान्तिय सरकारले तिव्वत र ताइवानको सुरक्षा विषयमा चासो व्यक्त गरेको बताएका छन् ।  चीनको ९ दिने भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्केका अध्यक्ष दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग उक्त कुरा बताएका हुन् । उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिन नेपाल सधैं तत्पर रहेकेा आफूहरुले प्रतिबद्धता
जनाएको पनि जानकारी दिए ।

उनले चीन भ्रमण सफल रहेको बताउदै  चिनियाँ सरकार, बुद्धिजीवि लगायतले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा चासो व्यक्त गरेको बताए । उनले भने, 'चिनिया सरकार नेपालको संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु जुनसुकै सहयोग गर्न पनि तयार छ ।'

अध्यक्ष दाहालले चीन नेपालको आर्थिक, सामाजिक रुपान्तरण हेर्न इच्छुक रहेको बताए । उनले नेपालको राजनीतिक गतिरोधको चाँडै अन्त्य हुने समेत विश्वास व्यक्त गरे । 

तर आफूहरु हदैसम्म लचिलो भएको उल्लेख गर्दै उनले अरु दलले सहमतिको वातावरण नबनाए जनताको माझ गएर आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by