ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, October 24, 2009

कर्णाली क्षेत्रको बिकाशमा कर्णाली राजमार्गमा

राजमार्गका नाममा सरकार र ठेकेदारले जनतालाई ठगेको

काठमाडौं, ७ कातिक (दैनिकी)
कर्णाली राजमार्गलाई व्यवस्थित बनाएमात्र कर्णाली क्षेत्रलाई वर्षेनी हुने भोकमरीबाट छुट्कारा दिलाउन सकिने सरोकारवालाहरुले औल्याएका छन । आज वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले वर्षेनी हुने खाद्यान्न संकटबाट जोगाउन कर्णाली राजमार्गलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन । राजमार्गलाई व्यवस्थित बनाई पुग्नेजति खाद्यान्न ढुवानी गर्नसके मात्र कर्णालीले भोकमरीको चपेटाबाट छूटकारा पाउने उनीहरुको ठम्याई छ ।


नेपाल डेभेलपमेन्ट रिसर्च ईन्स्टिच्युटले कर्णाली राजमार्ग ब्यबस्थापन र खाद्यान्न ढुवानीका बारेमा गरेको छलफलका सहभागीले राजमार्गलाई तुरुन्त मर्मत सम्भार र ब्यबस्थापन गर्नुपर्ने मागपनि गरेका छन् । सरकारले राजमार्ष मात्रै बनाएर दायित्वबाट पन्छिन खोजेको टिप्पणी गर्दै उनीहरुले त्यसको मर्मत र स्तर बढाउन बेवास्ता गरेको आरोप लगाएका छन ।

कर्णाली राजमार्गको स्थलगत अवलोकनपछि ईन्स्टिच्युटका संयोजक डा.पुन्यप्रसाद रेग्मीले राजमार्गका नाममा सरकार र ठेकेदारले जनतालाई ठगेको आरोप लगाउनुभयो ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर ब्यबसायी संघका अध्यक्ष रमेशप्रसाद थानीले ज्यानको बाजी थापेर कर्णाली राजमार्गमा गाडी चलाउनु अवस्था रहेको उल्लेख गर्नुभयो । सुर्खेत उद्योग बाणिज्य संघका सचिब प्रकाश अधिकारीले सडककै कारण चाहेको बेला भनेजति सामान ढुवान गर्न नसकिएको जिकिर गर्नभयो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by