ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, October 20, 2009

'राष्ट्रपतिको कदमको विषयमा कतै समेटिए सहमति हुन्छ'

काठमाडौ, कात्तिक ३ (नागरिक) - एकिकृत नेकपा माओबादीले राजनीतिक निकासका लागि थप लचक हुने निश्कर्ष निकालेको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको मंगलबार बिहान बसेको बैठकले राष्ट्रपतिको कदमका विषयमा साझा संकल्प प्रस्तावमा कहिं उल्लेख गर्न दलहरु राजी भए संसदमा अवरोध नगर्न निश्कर्ष निकालेको हो। 'निकासका लागि हदैसम्मको सहमति कायम गर्न हाम्रो तर्फबाट लचकता प्रदर्शन गरिनेछ,' प्रबक्ता दिनानाथ शर्माले बैठकपछि सञ्चारकर्मीमाझ भने, 'राष्ट्रपतिको कदमका विषयमा साझा संकल्पमा कहिं न कहिं उल्लेख हुनुपर्छ भन्ने हाम्रो माग हो। 

बैठकले अध्यक्ष दाहालको चीन भ्रमणलाई सफल भएको निष्कर्ष निकालेको र राष्ट्रपतिको कदमका बारेमा पार्टीको पूर्व अडान कायम राखेको शर्माले उल्लेख गरे। 

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराएका थिए। शान्ति र विकासको लागि आगामी दिनमा एसियाले नेतृत्व लिने र त्यसबाट दुबै देशले फाइदा लिनु पर्ने धारणा चिनीयाँ नेताहरुले व्यक्त गरेको दाहालले बैठकमा बताएका थिए। 



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by