ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, October 18, 2009

राष्ट्रपति पूर्वप्रधानमन्त्री भट्टराई निवासमा

काठमाडौँ, कात्तिक १- राष्ट्रपति रामवरण यादवले आज बिहान पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुरस्थित आश्रम गई स्वास्थ्यस्थिति बुझेका छन्। नेपाली काङ्ग्रेसका एकमात्र संस्थापक नेता भट्टराईसँगको भेटमा राष्ट्रपति यादवले संविधान निर्माणलगायत समसामयिक राजनीतिक विषयमा छलफल पनि गरे। भेटपछि राष्ट्रपति यादवले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै दिगो शान्ति स्थापना, संविधान लेखनसहित मुलुकमा राजनीतिक निकास दिन सहमति र सहकार्यको विकल्प नरहेको उल्लेख गर्दै त्यस दिशामा जान दीपावलीको उपलक्ष्यमा सबैलाई सफलता मिलोस् भने।

भेटका क्रममा नेता भट्टराईले सहमति र सहकार्यको वातावरण कायम नभए निर्धारित समयमा जनअपेक्षाअनुरूपको संविधान निर्माण गर्न नसकिने बताउँदै संविधानको अभावमा मुलुकमा राजनीतिक सङ्कट आइलाग्ने आशङ्का व्यक्त गरे।

यसैगरी नेता भट्टराईले राष्ट्रपतिलाई शुभकामना दिँदै कार्यकालको सफलताको कामना गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by