ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, October 23, 2009

'सहमति हुने विश्वासमा १५ गतेसम्मको समयसीमा'




'नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, शान्ति र संविधानको सुनिश्चितता गरेर राष्ट्रिय सहमतिको सरकार नबने १५ गतेपछि सशक्त आन्दोलनमा जानेछौ', उनले भने, 'सहमति हुनेमा मलाई विश्वास छ । त्यसो नभए कुनै पनि तागतले, विदेशी प्रभुहरुले नेपाली जनताको विजय अभियान रोक्नसक्ने छैनन ।' 
काठमाडौ, २०६६ कार्तिक ६ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति हुने विश्वासमा १५ गतेसम्म पर्खन लागेको बताएका छन् । नेवाः मुक्ति मोर्चाले शुक्रवार ललितपुरमा आयोजना गरेको चियापानमा उनले निर्धारित समयमा पनि सहमति हुन नसके त्यसपछि हुने आन्दोलनलाई 'विदेशी प्रभुहरु'ले समेत रोक्न नसक्ने दाबी गरे । शुक्रबार बसेको माओवादी स्थायी समितिको बैठकले दलहरुसँग सहमति कायम गर्न १५ गतेसम्म पर्खने निर्णय गरेको थियो । 'नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता, शान्ति र संविधानको सुनिश्चितता गरेर राष्ट्रिय सहमतिको सरकार नबने १५ गतेपछि सशक्त आन्दोलनमा जानेछौ', उनले भने, 'सहमति हुनेमा मलाई विश्वास छ । त्यसो नभए कुनै पनि तागतले, विदेशी प्रभुहरुले नेपाली जनताको विजय अभियान रोक्नसक्ने छैनन ।'
उनले अहिले पनि विदेशीहरुले आफ्नो इच्छा अनुसार सरकार बनाउन सकिन्छ भन्ने पुष्टि गर्न चाहिरहेको बताउदै नेपाली जनताले आफ्नो भाग्य, भविष्य आफै फैसला गर्न सक्छौ भन्ने पुष्टि गर्नुपर्ने समय आएको बताए ।
'अहिले पनि विदेशी प्रभुहरु नेपालमा आफ्नो इच्छा अनुसार कसलाई प्रधानमन्त्री बनाउने, कसलाई फाल्ने, कसलाई मन्त्री बनाउने हाम्रो हातमा छ भन्ने देखाउन चाहन्छन' उनले भने, 'नेपाली जनता कसैको इशारामा चल्नेवाला छैन, आफ्नो भाग्य भविष्य आफै फैसला गर्न सक्षम छ भन्ने पुष्टि गर्ने फेरी पनि समय आएको छ ।'
उनले माओवादीलाई अलग्याएर शान्ति र संविधानको कुरा गर्नुभन्दा ठूलो 'पाखण्ड र बेइमानी' अर्को हुननसक्ने पनि बताए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by