ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, January 4, 2010

विमानस्थल सुधारमा जोड


नयँा पत्रिका
काठमाडौं, १९ पुस

पर्यटन वर्ष-२०११ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक सुझावका लागि नेपाल पर्यटन बोर्डले उद्यमी तथा व्यवसायीसँग आइतबारदेखि छलफल सुरु गरेको छ । १० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको पर्यटन वर्ष-२०११ लाई सफल पार्नका लागि सरोकारवाला सबै पक्षलाई सहभागी गराउन छलफल थालेको हो । पूर्वघोषित कार्यक्रमअनुसार बोर्डले सोमबार सरकारी निकायहरू सेना, प्रहरी तथा सरकारी कर्मचारी, २१ पुसमा राजनीतिक दल तथा तिनका भ्रातृसंगठनसँग छलफल आयोजना गर्नेछ भने २२ पुुसमा पर्यटनविज्ञ, कलाकार तथा सञ्चारमाध्यका प्रतिनिधिसँग छलफल गर्ने बताएको छ ।



आइतबार आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले पर्यटकलाई आवतजावत सहज पार्नुपर्ने सुभाव दिए । पर्यटन वर्षलाई सफल पार्न महासंघ प्रतिबद्ध भएको बताउँदै जोशीले भने, 'यात्रुहरूलाई सबै ढोका खुला गरिनुपर्छ र व्यापक प्रवर्द्धन गर्नुपर्छ ।'

महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले पर्यटन वर्षको सफलताका लागि सरकार तथा राजनीतिक दल प्रतिबद्ध हुनुपर्ने बताए । उनले पर्यटन वर्षलाई राष्ट्रिय पर्वको रूपमा लिनुपर्ने सुझाव दिए ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गर्नुका साथै नयाँ गन्तव्य विकासमा विशेष जोड दिन उनले आग्रह गरे ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव लक्ष्मणप्रसाद भट्टराईले पर्यटन वर्ष सफल पार्नका लागि सरकार प्रतिबद्ध भएको बताए । उनले विमानस्थल सुधार तथा पर्यटकहरूको आवतजावत सहज पार्ने कार्य सुरु गरिएको जानकारी दिए । नेपाल वायुसेवा निगमको जहाज खरिद प्रक्रिया खारेज हुनुलाई दुःखद् घटनाको संज्ञा दिँदै सह-सचिव भट्टराईले भने, 'नेपाली कम्पनीसँग जहाज नहुनु दुःखद् भए पनि १० लाख पर्यटन ल्याउन सक्नेगरी वायुसेवा सञ्चालनमा आइसकेका छन् ।'

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालजस्तो देशमा पूर्वाधार विकास भएपछि पर्यटनको विकास गर्नेभन्दा पर्यटन विकासमार्फत पूर्वाधार विकास गर्ने अवधारणाका साथ अघि बढ्नुपर्ने बताए । उनले पर्यटकलाई आकषिर्त गर्न स्थानीय निकाय तथा सरोकारवालालाई उत्प्रेरित गर्न १० लाख पर्यटक ल्याउने लक्ष्य राखेको बताए । श्रेष्ठले २२ माघमा आयोजना गर्ने निर्णय गरिएको आधिकारिक कार्यक्रममा सबै संघ तथा संस्थाहरूलाई सहभागी हुन आग्रह गरे । यसले गर्दा समग्र नेपाल नै पर्यटकको स्वागतका लागि तयार भएको सन्देश जाने उनको भनाइ छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by