ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 3, 2010

नेपालका लागि ब्रोडगेज रेलमार्ग नै उपयुक्त

विज्ञान अधिकारी/काठमाडौं (नागरिक)- 

नेपालमा ब्रोडगेज रेलमार्ग नै उपयुक्त हुने भारतीय परामर्शदाता कम्पनी राइट्सले जनाएको छ। विश्वबाट न्यारोगेज रेल विस्थापितको चरणमा रहेकोले ब्रोडगेज गर्न उसले सुझाव दिएको हो।  कम्पनीले हालै दिएको प्रारम्भिक प्रतिवदेनमा यो सुझाव दिइएको हो। ‘ब्रोडगेज उपयुक्त रहेको प्रारम्भिक प्रतिवदेन राइट्सले दिएको छ,' भौतिक, योजना तथा निर्माण मन्त्रालयका सहसचिव तुलसी प्रसाद सिटौलाले नागरिकसँग भने। यसलाई एसियाली रेलमार्गसँग जोड्ने हिसाबले बनाउनको लागि समेत ब्रोडगेज आवश्यक पर्छ। महत्वाकाँक्षी रेल सञ्जालको सम्भाव्यता अध्ययन गरिरहेको राइट्सले मेची-महाकाली र काठमाडौं-पोखरा विद्युतीय रेलमार्ग प्रारम्भिक खाका तयार पारिरहेको छ। प्रतिवदेनमा यो रेलको गति प्रतिघन्टा एक सय किलोमिटरको रहनेछ। रेल्वेको एउटा चक्काको क्षमता ट्रयाक २२ दशमलब ९ टन धान्ने रहनेछ। गाडीको १० दशमलब २ टन धान्ने हुन्छ। सिटौलाका अनुसार डिब्बाको बारेमा भने अध्ययन भइरहेको छ। 

‘डिब्बाको लागि ट्राफिक सर्वे भइरहेको छ,' उनले भने।  मुलुकको भौगोलिक अवस्थाले रेल्वे ट्रयाकको लागि भने केही समस्या रहेको देखिएको छ। बेल्खुको उचाई ३ सय ८५ र काठमाडौको १ हजार ४ सय ६६को उचाइमा रहेको छ। कम्पनीले त्यहाँको रेल सञ्जालमा जोड्ने गरी प्रस्तावित मेची-महाकाली रेलमार्गमा छ अन्तरसीमा विन्दु निर्माणको प्रस्ताव राखिसकेको छ। यो सञ्जालमा काकडभिट्टा-न्यु जलपाइगुडी, विराटनगर-जोगबनी, जनकपुर र बर्दिबास-जयनगर, वीरगञ्ज-रक्सौल, भैरहवा-सुनौली र नेपालगञ्ज-रुपैडिया अन्तरसीमा विन्दु छन्। 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by