आयातमा अत्यधिक वृद्धि, निर्यातमा गिरावट र रेमिट्यान्सको वृद्धिदर घटेपछि विदेशी मुद्राको सञ्चय पनि घट्यो
यदु देवकोटा/ काठमाडौं (नयाँ पत्रिका)विदेशी मुद्राको सञ्चय घट्दै गएपछि नेपालको अर्थतन्त्र जोखिममा पर्न थालेको छ । अहिले आयातमा भइरहेको अत्यधिक वृद्धि, निर्यातमा गिरावट र रेमिट्यान्सको वृद्धिदर घट्ने क्रम जारी रहेका कारण नेपालको अर्थतन्त्र संकटमा पर्न लागेको चेतावनी नेपाल राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईले विदेशी मुद्राको सञ्चितिमा आएको गिरावट जारी रहे नेपाली अर्थतन्त्र जोखिमतर्फ धकेलिने बताए ।
यसअघि पुस १ मा अर्थसचिव रामेश्वर खनालले पनि वाणिज्य बैंकले अनुत्पादक क्षेत्रमा लगानी गरेको, आयात बढेको, निर्यात घटेको र रेमिट्यान्सको वृद्धिदर घटेको कारण देखाउँदै नेपाली अर्थतन्त्रलाई रुघा लागेको टिप्पणी गरेका थिए । उनले रुघा लागेको अर्थतन्त्रलाई नियन्त्रण गर्न नसके टाइफाइड हुनसक्ने चेतावनी पनि दिएका थिए । सचिव खनालको चेतावनीलगत्तै राष्ट्र बैंकले घरजग्गा कर्जामा नियन्त्रण गरे पनि सरकारले आयात व्यापार घटाउन कुनै पनि कदम चालेको छैन ।
यसअघि पुस १ मा अर्थसचिव रामेश्वर खनालले पनि वाणिज्य बैंकले अनुत्पादक क्षेत्रमा लगानी गरेको, आयात बढेको, निर्यात घटेको र रेमिट्यान्सको वृद्धिदर घटेको कारण देखाउँदै नेपाली अर्थतन्त्रलाई रुघा लागेको टिप्पणी गरेका थिए । उनले रुघा लागेको अर्थतन्त्रलाई नियन्त्रण गर्न नसके टाइफाइड हुनसक्ने चेतावनी पनि दिएका थिए । सचिव खनालको चेतावनीलगत्तै राष्ट्र बैंकले घरजग्गा कर्जामा नियन्त्रण गरे पनि सरकारले आयात व्यापार घटाउन कुनै पनि कदम चालेको छैन ।
सशस्त्र द्वन्द्वका समयमा पनि बचतमा रहेको विदेशी मुद्राको सञ्चिति नेपालको बढ्दो व्यापार-घाटाका कारण साउनदेखि लगातार घट्दै आएको छ । ०६६ असार मसान्तसम्म नेपालको ११ महिनाको आयात तथा सेवालाई धान्ने विदेशी मुद्राको सञ्चिति कात्तिकसम्म आइपुग्दा घटेर सात महिनाका लागि मात्र बाँकी छ । राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म विदेशी मुद्राको सञ्चिति ११ दशमलव १ प्रतिशतले घटेको छ ।
असोज महिनामा १९ अर्ब ४९ करोडले घटेको विदेशी मुद्राको सञ्चिति कात्तिक मसान्तमा आइपुग्दा २० अर्ब ४९ करोड घाटामा छ । गत वर्ष कात्तिक मसान्तमा शोधनान्तर स्थिति ११ अर्ब ८६ करोड रुपैयाँले बचत रहेको थियो ।
राष्ट्र बैंकले दिएको पछिल्लो तथ्यांकअनुसार अहिले नेपालसँग दुई खर्ब ४८ अर्ब ८९ करोड रुपैयाँबराबरको विदेशी मुद्राको सञ्चिति छ । अमेरिकी डलरको सञ्चिति मात्रै ६ दशमलव २ प्रतिशतले घटेेर अहिले तीन अर्ब ३६ करोडमा झरेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गए नेपालले वैदेशिक ऋण तिर्न सक्दैन भने विदेशबाट सामान आयात गर्न पनि सक्दैन । त्यस्तो वेला विदेशी ऋण तिर्न र व्यापार भुक्तानीका लागि बहुपक्षीय दातासँग ऋण र अनुदान लिनुपर्ने हुन्छ ।
त्यस्तो ऋण र अनुदान लिँदा दाताका थप सर्त स्वीकार गर्नुपर्ने हुन्छ भने विदेशी संस्थाले जुनसुकै वेला टाट उल्टेको घोषणा गर्नसक्ने खतरा पनि रहिरहन्छ ।
गभर्नर भट्टराईका अनुसार अन्तर्राष्ट्रिय रूपमा ६ महिनाको आयात धान्ने विदेशी मुद्राको बचत रहनुलाई राम्रो मानिन्छ । तर, कुल व्यापारको ८५ दशमलव ६ प्रतिशत आयात र १४ दशमलव ४ प्रतिशत निर्यात हिस्सा भएको नेपालजस्तो देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै जानुलाई खतराको संकेतका रूपमा लिने गरिन्छ ।
पूर्वअर्थमन्त्री डा. रामशरण महत विदेशी मुद्राको सञ्चिति घट्दै जानुलाई आर्थिक संकटको संकेत मान्छन् । 'अहिले नै नेपालमा आर्थिक संकट भयो भनेर घोषणा गर्न त मिल्दैन, तर विदेशी मुद्राको सञ्चिति घट्दै गएकाले आर्थिक संकटको संकेत गर्छ,' उनले नयाँ पत्रिकासँग भने । उनले निर्यात व्यापार नबढेसम्म विदेशी मुद्राको सञ्चिति नबढ्ने भएकाले तत्काल विदेशी मुद्राको सञ्चितिमा सुधार आउने अवस्था नभएको बताए ।
राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांकमा गत वर्ष ३८ दशमलव १ प्रतिशतले बढेको निर्यात व्यापार यस वर्ष कात्तिक मसान्तमा २३ दशमलव ७ प्रतिशतले घटेको छ भने आयात व्यापार २७ दशमलव ८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले गत वर्षका तुलनामा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्रा लैजाने क्रम ४१ दशमलव १ प्रतिशतले बढेको र विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स ६ दशमलव ६ प्रतिशतले मात्र बढेको बताएको छ ।
नेपालमा अहिले पेट्रोलियम पदार्थ, सवारी-साधन र सुनको आयातमा निकै वृद्धि भएको छ । कुल आयातमध्ये पेट्रोलियम पदार्थ ६५ अर्ब, औद्योगिक कच्चा पदार्थ ६२ अर्ब, सवारी-साधन २२ अर्ब र सुन ३२ अर्बभन्दा बढी रकमको आयात हुँदै आएको छ ।
औद्योगिक कच्चा पदार्थबाहेक अन्य आयातमा भएको खर्च अनुत्पादक भएको र यो खर्च घटाउन दबाब बढ्दै गएको छ । अर्थसचिव खनालले तीन साताअघि आयात व्यापार घटाउन सुन आयातमा कर वृद्धि र पेट्रोलियम पदार्थमा मूल्य बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।
No comments:
Post a Comment