ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, January 9, 2010

अर्धसैनिक बल गठन तिब्र

डिल्लीराम खतिवडा/उदयपुर, २०६६ पुस २५ - 

माओवादीले जिल्लाको ३० भन्दा बढि गाविसमा अर्धसैनिक बल गठन गरेको छ । योङ्ग कम्युनिष्ट लिग(वाईसीएल)लाई अर्धसैनिक संरचनामा लाने पार्टीको नीति अनुसार नै बल गठन गरिएको हो । माओवादीले शान्ति सम्झौता विपरित आफ्नो भातृ संगठन वाईसीएललाई अर्धसैनिक संरचनामा लगेको छ । वाईसीएलले पार्टीको भदौ २० गतेको निर्णय अनुसार वाईसीएललाई अर्धसैनिक संरचनामा लगेको जनाएको छ । वाईसीएलका संयोजक जीवन कार्कीले पार्टीको निर्णय अनुसार वाईसीएललाई अर्धसैनिक संरचनामा लगिएको वताए । उनले भने "गाउँ/गाउँमा सेक्सन र गाविस स्तरमा प्लाटुन गठन गरिएको छ "। अहिलेसम्म जिल्लाको ३० वटाभन्दा बढि गाविसमा सेक्सन र प्लाटुन गठन गरि सकिएको उनले वताए । एक सेक्सनमा ११ र प्लाटुनमा ६० को संख्यामा अर्धसैनिक रहने छन । तिव्र रुपमा गठन गरिएको अर्धसैनिक संरचनाको सेक्सन र प्लाटुनसंगै एउटा कम्पनीको समेत घोषण भई सकेको संयोजक कुसलले वताए । रौता गाविसको मुर्कुची बजारमा करिव ३ सय १ जना अर्धसैनीक रहेको कम्पनीको घोषण गरि सकिएको उनले जानकारी दिए । कार्कीका अनुसार कम्पनी कमाण्डरको जिम्मेवारी प्रभात लामालाई दिइएको छ ।


त्यसैगरि ३ र ६ नम्बर इलाकामा समेत कम्पनीको स्थापना भई सकेकेा संयोजक कुसलले वताए । उनका अनुसार क्रमस योगा खतिवडा र होम किराँतलाई कम्पनी कमाण्डर बनाइएको छ । योङ्ग कम्युनिष्ट लिग-वाईसीएल)लाई अर्धसैनिक संरचनामा लग्ने क्रमलाइ पुस मसान्त भित्रसम्ममा अन्तिम रुप दिईने उनले वताए । कुसलले भने, 'पुस मसान्त भित्रमा जिल्ला भरि नै गठन भई सक्ने छ ।' तर ठूलो रुपमा फागुन १ प्रर्दशन गरिने उनले वताए । 


गाउँमा सेक्सन,गाविसमा प्लाटुन, इलाकामा कम्पनी, क्षेत्रमा एक बटालियन र जिल्लामा बिग्रेड रहने कुसलले वताए । तर अहिलेसम्म बटालियन र विग्रेडको गठन भने भई सकेकेा छैन । बिग्रेडमा करिब २ हजार अर्धसैनिक रहने व्यवस्था छ । तर यसरी गठन गरिएको अधैसैनिकको पोशाक र हतियार भने नरहने उनले वताए । "अर्धसैनिक संरचनाको व्यारेक भने हुने छैन"उलने भने । तर आवश्यक परेमा एउटै स्थानमा बस्न सकिने उनले वताए ।


माओवादी उदयपुरको भदौ २० गते बसेको जिल्ला सचिवालयको बैठकले वाईसीएललाई अर्धसैनिक संरचनामा लाने निर्णय गरेको थियो । बैठकको निर्णय जानकारी गराउन पार्टीका जिल्ला इन्चार्ज भिमबहादुर अधिकारीले जारी गरेको बिज्ञप्तिमा वाईसीएलललाई अर्धसैनिक संरचनाको सेक्सनदेखि बि्रगेड स्तरसम्म निर्माण गरिने जनाएका थिए ।


सचिवालयको बैठकले जिल्लामा 'युवाहरुको संगठन वाईसीएललाई अर्ध सैनिक संरचनामा शेक्सनदेखि बि्रगेडसम्म निर्माण गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरेका थिए । 

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by