ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 10, 2010

घडियाल गोहीको संरक्षणमा चुनौती

प्रमोद आचार्य २६ पुष

लोपोन्मुख जलचर घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ। चितवनमा तीन दशक भन्दा अघिदेखि यसको संरक्षण थालिए पनि नदीमा गोही हराउने समस्याले गर्दा उचित प्रतिफल पाइएको छैन। सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही संरक्षण केन्द्र स्थापना गरेर यसको संरक्षण थालिएको भए पनि नदीमा छोडिएको अधिकांश गोही हराएका छन्। गैंडा, बाघ जस्ता लोपोन्मुख जीवजन्तुका बारेमा पटक–पटक चर्चा हुने गरे पनि झनै अस्तित्व जोगाउनै मुस्किलमा परेको घडियालको बारेमा त्यति चर्चा गरेको पँइदैन ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार संरक्षण केन्द्रमा हुर्काइएका ७ सय ८ वटा घडियाल गोही नदीमा मिसाइएको छ। तर, नारायणी नदीमा सन् २००८ मा गरिएको गोही गणनामा जम्मा ६५ वटा भेटिएका छन्। नदीमा अत्यधिक माछा मार्नेहरुका कारण गोही मासिएको निकुञ्जको भनाइ छ। त्यसो त भारततिर जाने विभिन्न बा“धहरुका कारण पनि नेपाली नदीहरुबाट घडियाल भारत छिरेको राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेद खड्काले जानकारी दिनुभयो। उहा“का अनुसार बा“धको भेलस“गै भारततिर बगेपछि फर्कन नसक्ने कारणले गोही घटेको बताउनुभयो। हाल चितवन राष्ट्रिय निकुञ्जको हेडक्वाटर कसरा स्थित घडियाल संरक्षण केन्द्रमा ४ सय ५२ घडियाल रहेका छन्। संरक्षण केन्द्रमा पाँच वर्ष राखिएपछि घडियाल नदीमा छोड्न योग्य हुनेछ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by