ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, January 14, 2010

'हाइटीको भूकम्पमा घाइते सैनिकको अवस्था सामान्य'


काठमाडौं, २०६६ पुस ३० -
हाइटीमा मंगलबार अपरान्ह गएको भूकम्पमा घाइते हुनुभएका नेपाली सेनाका प्रमुख सेनानी प्रेमसिंह बस्न्यातको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार साँझ विज्ञप्ती जारी गर्दै घाइते सेनानी बस्न्यातको लेभल टू अस्पतालमा उपचार भइरहेको जनाएको छ । क्यारेबियन मुलुक हाइटीमा मंगलबार राति गएको ७ दशमलव ३ को शक्तिशाली भुकम्पमा त्यहाँ खटिएको शान्ति स्थापनार्थ राष्ट्रसंघीय मिसनका अन्य सैनिक भने सुरक्षित रहेको निर्देशनालयले जनाएको छ । त्यहाँ ११ सय नेपाली सेना र डेढ सय प्रहरी कार्यरत छन् ।

यस्तै, राजधानी राजधानी पोर्ट ओ प्रिन्सस्थित श्री शेर गण छैठौ डफ्फाको गस्तिमा रहेका फौज र दुईवटा गाडीहरु पहिरोको कारण केन्सकफ इलाकामा अड्किएको भन्दै निर्देशनालयले फौज तथा गाडीहरु भने सुरक्षित रहेको जनाएको छ ।

हाइटीमा कार्यरत नेपाली शान्ति सेना भूकम्प पीडितको उद्धारमा खटिएको सैनिक सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार साँझ जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by