ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, January 14, 2010

भारतविरोधी टेलिभिजन चलाउन लागेको भनेर मेरा पतिलाई फसाए’


नयाँ पत्रिका काठमाडौं, २९ पुस

भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका युनुस अन्सारीकी पत्नीले पतिको बचाउ गरेकी छिन् ।

अन्सारीकी धर्मपत्नी सलमा अन्सारीले बुधबार राजधानीमा पत्रकार-सम्मेलन गरी अन्सारीमाथि लगाइएका सबै आरोप झुटो भएको दाबी गरिन् । परीक्षण प्रसारणमा रहेको नेसनल टेलिभिजनका अध्यक्ष अन्सारीलाई प्रहरीको विशेष टोलीले १७ पुसमा ललितपुरको ताछिखेलबाट पक्राउ गरेको थियो । सलमाले आफ्ना पतिलाई भारतकै इसारामा नेपाल प्रहरीले पक्राउ गरेकोसमेत आरोप लगाइन् ।टेलिभिजनको मूल सिद्धान्त 'राष्ट्रवाद' लाई बनाउने भनेर अगि्रम घोषणा गरिएकाले भारतविरोधी हुनसक्ने आशंकामा उनलाई पक्राउ गर्न लगाइएको उनले दाबी गरिन् । 'टेलिभिजन भारतविरोधीका रूपमा आउन सक्छ भनेर मेरा पतिलाई पक्राउ गराइएको हो,' सलमाले भनिन्, 'यो सबै मेरा पतिलाई फसाउन गरिएको षड्यन्त्र हो ।' अनौपचारिक कुराकानीमा नेपाल प्रहरीका उच्चपदस्थले 'हाम्रो कारणले पक्राउ गरिएको नभई भारतीयको आदेशमा पक्राउ गरिएको' भन्ने गरेको पनि उनले बताइन् । तर, सलमाले ती उच्चपदस्थ प्रहरीको परिचय भने खुलाउन चाहिनन् ।

उनले पत्रकार-सम्मेलनमा प्रहरीले युनुसलाई हिरासतबाट आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थलमा लैजाने र हिन्दी भाषामा अनेकौँ प्रश्न सोध्ने गरेको बताइन् । 'हिन्दी भाषामा प्रश्न सोध्नुले पनि भारतकै आदेशमा मेरा पति पक्राउ पर्नुभएको हो भन्ने आशंका उब्जाएको छ,' उनले दाबीका साथ भनिन्, 'नेपाल प्रहरीको विशेष टोलीसँग भारतीय प्रहरी पनि सहभागी छ ।'

उनले युनुसलाई प्रहरीले सबै आरोप स्विकार्न बारम्बार धम्की दिएको र आरोप नस्विकारे ज्यान जोखिममा पर्ने भन्दै धम्क्याउने गरेको बताइन् । सलमाले आफ्ना पतिलाई नागपोखरीको दक्षिणतिर भारतीयले नै भाडामा लिएको एउटा घरमा भारतीय प्रहरीसहित नेपाल प्रहरीको विशेष टोलीले चार/पाँच घन्टा सोधपुछ गरेको दाबी पनि गरिन् । 'मैले यो कुरा थाहा पाएपछि उहाँलाई त्यहाँबाट अन्यत्र सारिएको छ,' उनले भनिन् ।

राष्ट्रिय जनता दल पार्टीका अध्यक्षसमेत रहेका युनुस त्रिपुरेश्वरस्थित ब्लुबर्ड होटेलको कोठा नं. ६११

(व्यक्तिगत कोठा) मा बस्ने गरेका थिए । युनुसका बडीगार्ड रहेका काशिराम अधिकारीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले १६ पुसमा पक्राउ गरेपछि उनकै सूचनाका आधारमा अन्सारी पक्राउ परेका थिए ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by