ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, January 10, 2010

प्रचण्डद्बारा अतिक्रमित सीमा क्षेत्रको अवलोकन

केशव सावद कञ्चनपुर, २६ पुष

प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर आईपुग्नुभएको छ। माओवादीले राष्ट्रिय स्वाधिनता रक्षाका लागी भन्दै घोषणा गरेको चौथो चरणको आन्दोलन अर्न्तगत भारतीय पक्षबाट अतिक्रमित सीमा क्षेत्रको अवलोकनका लागी अध्यक्ष प्रचण्ड आईतबार दिउँसो कञ्चनपुर सदरमुकाम भीमनगर आईपुग्नुभएको हो। अध्यक्ष प्रचण्डले भारतीय पक्षबाट अतिक्रमण गरिएको कञ्चनपुरको ब्रह्मदेव लगायतका अन्य क्षेत्रको निरिक्षण गर्नुहुने कार्यक्रम रहेको माओवादीका कञ्चनपुर ईन्चार्ज देविदत्त पाण्डेले जानकारी दिनुभएको छ।
उहाँका अनुसार माओवादी अध्यक्ष प्रचण्डले सोमबार बिहान अतिक्रमित सीमा क्षेत्रको निरिक्षण गर्ने र दिउँसो महेन्द्रनगरको खुल्लामञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। यसैबीच माओवादी अध्यक्ष प्रचण्डको आगमनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारेको छ। प्रशासनले राजमार्ग लगायतका स्थानहरुमा सुरक्षाकर्मीहरु परिचालन गरेको जनाएको छ। एकिकृत नेकपा माओबादीको केहिदिन अघि बसेको केन्द्रिय समिती बैठकले राष्ट्रिय स्वाधीनताको मुद्धा गम्भिर सकंटमा परेको निष्कर्ष निकाल्दै बिरोधका कार्यक्रम सार्वजनिक गरेको थियो। माओवादीले राष्ट्रिय स्वाधीनताको मुद्धा सकंटमा परेको भन्दै असमान सन्धिहरु ज्ालाउने निर्णय समेत गरिसकेको छ ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by