ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, January 14, 2010

प्रजातन्त्रका नाममा अराजकता बढेको प्रधानमन्त्रीको दाबी


नयाँ पत्रिका

काठमाडौं, २९ पुस

प्रधानमन्त्री माधवकुमार नेपालले प्रजातन्त्रका नाममा अराजकता बढेको बताएका छन् । मुलुकमा अराजकता र अन्योलबीच हुनै नहुने कामसमेत भइरहेको उनको दाबी छ ।

राष्ट्रिय योजना आयोग र शिक्षा मन्त्रालयले बुधबार आयोजना गरेको उच्च शिक्षा विधेयकसम्बन्धी उच्चस्तरीय कार्यशाला मस्यौदा कार्यक्रममा प्रधानमन्त्री नेपालले शिक्षाक्षेत्रमा समेत अराजकता बढेको बताए । परीक्षाका नाममा जे जसो गरे पनि नराम्रो काम रोक्न खोज्दा ज्यानै जाने खतरा उत्पन्न हुने गरेको उनको भनाइ छ । 'अब त परीक्षा दिनै नपर्ने, स्वतः प्रमोसन गरिदिए हुने भो । लोकतान्त्रिक, गणतान्त्रिक प्रमोसन,' प्रधानमन्त्री नेपालले भने ।

प्रधानमन्त्री नेपालले शिक्षणसंस्थालाई राजनीतिको खेलमैदान नबनाउन आग्रह गरे । उनले भने, 'शिक्षाक्षेत्रलाई खेलाँची गर्नुहुँदैन । शिक्षा देशको प्रतिष्ठा र भविष्यको कुरा रहेछ ।' अहिले स्वतः करार, स्वतः स्थायी र स्वतः बढुवाको कुरा चलिरहेको यसले राम्रो नगर्ने उनको भनाइ छ । नेपालले भने, 'अब त विद्यार्थीले हामीले तीन वर्ष पढ्यौँ, स्वतः पास हुनुपर्छ भन्लान् ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by