ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, January 14, 2010

२८ सय वन रक्षकलाई श्रेणीमा लगिने

अब्दुल्लाह मियाँ
काठमाडौं, २०६६ पुस ३० -
वर्षौदेखि श्रेणीविहिन भएर वन संरक्षणमा खटिएका झण्डै दुई हजार ८ सय वन रक्षकलाई श्रेणीमा लगेर वन सेवाअन्तर्गत समायोजन गरिने भएको छ ।

मन्त्रीपरिषदबाट गठित कार्यदलको विहीवारको वैठकले श्रेणीविहिन वन रक्षकलाई श्रेणीमा लगी वन सेवाको अनुसूचीमा समायोजन गर्ने निर्णय गरेको हो । वन रक्षकलाई श्रेणीमा समायोजन गर्नेबारे प्रतिवेदन पेश गर्न मन्त्रीपरिषद्ले गत साउन २७ मा वन मन्त्रालयका सचिव संयोजक रहनेगरी कार्यदल बनाएको थियो । कार्यदलको विहीवार वन मन्त्रालयमा बसेको वैठकले वन रक्षकलाई श्रेणीमा समायोजन गर्ने प्रस्ताव प्रशासनिक समितिमा पठाउने निष्कर्ष निकालेको हो ।

कार्यदलमा वन विभागका महानिर्देशक सदस्य सचिव र सामान्य प्रशासन, कानुन र अर्थ मन्त्रालयका सह सचिव सदस्य थिए । जुनियर वन प्राविधिक संघले वर्षौदेखि वन श्रेणीविहिन रही काम गर्दै आएका वन रक्षकलाई श्रेणीमा समायोजन गर्न वन मन्त्रालयलाई दबाब दिंदै आएको थियो । वन रक्षकहरुले आफूहरु पनि प्रहरी, सेनाजस्तै रासन सेवा पाउने कर्मचारीअन्तर्गत परेपनि श्रेणीविहिन भएको भन्दै श्रेणीमा समायोजन गर्न सरकारलाई दबाब दिंदै आएका थिए ।

'समायोजन गर्ने निर्णयप्रति हामी सकारात्मक छौं' जुनियर वन प्राविधिक संघका अध्यक्ष उत्तम कटुवालले ईकान्तिपुरसित भने, 'यसले हामीलाई हौसला थप्ने विश्वास छ ।' मन्त्रालयमा वैठक चलिरहँदा वन रक्षकहरुले बाहिर चौरमा दबाबमुलक कार्यक्रम गरिरहेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by