ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Monday, January 11, 2010

नक्कली राष्ट्रवाद नेपाली जनताले नचाहनेः भट्टराई


गंगा वीसी/बेचु गौंड-नवलपरासी , २०६६ पुस २७ - 

उनले भने, 'हामी भारत विरोधी आन्दोलनमा लागेका होइनौं ।' 
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले नक्कली राष्ट्रवाद नेपाली जनताले नचाहने बताएका छन् । नेपाल-भारत सीमा अवलोकन गरेपछि नवलपरासीको वेलटारको सभामा बोल्दै उपाध्यक्ष भट्टराईले विगतका शासकले सीमासम्बन्धी गरिएका असमान सन्धि भारत र नेपालबीच सामनाता आधारमा हुनु पर्ने दाबी गरेका छन् ।  उनले माओवादीको राष्ट्रिय स्वाधीनताको आन्दोलन भारत विरोधी आन्दोलन नभभएको बताए । उनले भने, 'हामी भारत विरोधी आन्दोलनमा लागेका होइनौं ।' उनले भारतले विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न सहमत हुनु पर्ने बताए ।  उनले राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चताको आन्दोलन अधिकार जस्तै भएकाले माओवादीले यसलाई पूरा गरि छाड्ने दाबी गरे । माओवादीको चौथो चरणको आन्दोलन अन्तर्गत वरिष्ठ नेताहरुले नेपाल- भारत सीमाक्षेत्रको अवलोकन गर्ने क्रममा उपाध्यक्ष भट्टराई आज सुस्ता पुगेका हुन् । शान्तिपूर्ण वा विद्रोहबाट संविधान निर्माण माओवादीका सामु चुनौती रहेको उनले बताए । उनले शान्तिपूर्ण रुपमा संविधान निर्माण गर्न नदिए माओवादीले विद्रोह गरेर भए पनि सडकबाट संविधान घोषणा गर्ने दाबी गरे । 
त्यसै गरी आजै भट्टराई सहितको एक उच्चस्तरीय माओवादी नेताहरुको टोली नवलपरासीको सूस्ता पुगेर फर्किएको छ । बिहान करिब साढे १० बजे सुस्ता पुगेको टोलीले त्यहाका स्थानिय बासिन्दासंग सुस्ता समस्याका बारेमा अन्तरक्रिया गरेको थियो | भट्टराईले सूस्तामा भारतवाट भएको अतिक्रमणको क्षेत्र अबलोकन गरेर भारतियपक्षवाट भैरहेको ज्याजतीका वारेमा स्थानिय बासिन्दासंग जानकारी माग गरेका थिए ।  

स्थानियले भारतिय पक्षले सुस्तामा पटक पटक नेपाली भूभाग अतिक्रमण गर्दै आएको र नेपाल सरकारका तर्फवाट स्पष्ट आफ्ना पक्षमा काम हुन नसकेको भनाई दोहोर्‍याएका थिए ।  भट्टराई सहितको टोली गाडीमा गएर सुस्तास्थित नारायणीमा ढुङ्गा तरेर - नेपाली भूभाग हुदै ) सुस्ता पुगेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by