ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 19, 2009

चिनियाँ प्रतिनिधिमण्डल आउने

काठमाडौ(कांतिपुर)- 
तिब्बतका एक्ज्युकेटिभ डेपुटी चेयरम्यान हाओ पेङको नेतृत्वमा एक चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । परराष्ट्र स्रोतका अनुसार मंसिर ९ देखि १३ सम्मको भ्रमणमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, गृहमन्त्री भीम रावल र ठूला दलका प्रमुख नेताहरूलाई भेट्न चाहेका छन् । 'भेटघाटको समय भने भइसकेको छैन,' परराष्ट्रका एक उच्च अधिकारीले भने, 'बिहीबारसम्म समय तय हुनसक्छ ।' भेटघाटको एजेन्डाबारे परराष्ट्र मन्त्रालयले पूर्ण विवरण पाइसकेको छैन । भ्रमण टोलीमा १० जनाको नाम दिइए पनि त्यसमा हेरफेर हुन सक्नेछ । ती अधिकारीले भने, 'सद्भावना भ्रमण हो, भ्रमण टोली सदस्य संख्या र एजेन्डा बिहीबारसम्म थाहा हुनेछ ।' गृह स्रोतका अनुसार टोलीमा तिब्बतका उच्च सैन्य अधिकारी पनि सामेल हुनेछन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by