ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 19, 2009

संवेदनशीलता बुझिदिन प्रधानमन्त्रीद्वारा अनमिन प्रमुखलाई आग्रह


काठमाडौ(कांतिपुर)- 
प्रधानमन्त्री माधवकुमार नेपाल र राष्ट्रसंघीय नियोग अनमिन प्रमुख करिन लेनग्रेनबीच बिहीबार बिहान भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै पौने घण्टा भएको भेटमा नेपालको शान्तिप्रकृया, अनमिनको आगामी माघमा सकिने अनमिनको कार्यवधीलगायतका बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालले जानकारी दिए । भेटमा प्रधानमन्त्री नेपालले नेपाल सम्बन्धी विवादास्पद राष्ट्रसंघीय प्रतिवेदनका बिषयमा चासो व्यक्त गरेका थिए । 'कुनै पनि स्वतन्त्र संस्थाले नेपालको संवेदनशीलतालाई बुझेर अभिव्यक्ति दिनुपर्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै रिजालले भने ।
गत महिना राष्ट्रसंघका महासचिव बानकी मुनले प्रस्तुत गरेको नेपाल सम्बन्धी प्रतिवेदनमा संयुक्त सरकारमा जोड दिएपछि सत्तारुढ दलहरुले त्यसप्रति आपत्ति जनाएका थिए । कांग्रेसले अनमिन प्रमुखलाई स्पष्टीकरण लिनसमेत प्रधानमन्त्रीसँग आग्रह गरेको थियो । भेटमा लेनग्रेनले नेपालमा हस्तक्षेप गर्ने राष्ट्रसंघको कुनै मनसाय नभएको जिकिर गरेकी थिइन् । 


सुरक्षापरिषद्को बैठकमा भाग लिएर नेपाल फर्किएकी लेनग्रेनले भेटका लागि यसअघि नै समय माग गरेपनि प्रधानमन्त्रीको अस्वस्थ्यताले भेट हुन सकेको थिएन । लेनग्रेनले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी थिइन् । लेनग्रेन बिहीबार नै स्विजरल्याण्ड जाँदैछिन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by