ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 21, 2009

चर्चित तस्कर राजकुमार अब एमालेको नेता बन्ने

वीरगंज(दैनिकी)

राजनीति पार्टीको संरक्षणमा वर्षौवर्षदेखि व्यापकरूपमा तस्करी धन्दा संचालन गर्दै आएका वीरगंजका चर्चित तस्कर राजकुमार गुप्ताले पर्साको क्षेत्र नं. ३ बाट नेकपा एमाले पार्टीको क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने बुझिन आएको छ। विगत लामो समयदेखि सर्लाहीको बरहथवा एवं पर्साको वीरगंजबाट खाद, चिनी, स्टीलका भाडा, कपडाको तस्करीमा सक्रिय रहेका तस्कर गुप्तामा नेता बनेर तस्करी गर्ने रहर पलाएको उनका निकट सूत्रबाट खुलेको छ।  नेकपा एमाले पार्टी निकट रहेका तस्कर गुप्ता सो पार्टीका केही स्थानीय र उच्च पदस्थ नेताहरूको सहयोगमा क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिंदा आफ्नो तस्करी कार्य सफल हुने विश्वास लिएकाले नै गुप्ताले सो उम्मेदवारी दिने भएका हुन्। राजस्व विभागको लिस्टमा १ नम्बर ‘राजस्वमारा’ को नाम दर्ज गराइ सकेका गुप्ताले क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने हल्लाबाट नेकपा एमाले पार्टीको छविमा समेत प्रभाव पार्न सक्ने अवस्था रहेको बताइंदैछ। भरपर्दो स्रोतका अनुसार तस्कर गुप्ताको मुद्रामोहमा फसेका सो पार्टीका केही स्थानीय नेताको सहयोग र समर्थनमा अध्यक्ष बन्ने सपना देखेका गुप्ताको गत असोज महिनामा करिब करोडौं रकमको ६ वटा ट्रकमा लोड गरिएको तस्करीको सामान राजस्व अनुसन्धान विभाग काठमाडौंले पक्राउ गरेको थियो। उक्त सामान पक्राउ परेपछि नेकपा एमाले पार्टीका केन्द्रीय नेता, मन्त्री लगायत स्थानीय नेताको पैरवी गरी सामान छुटाउने प्रयासमा जुटेका तस्कर गुप्ताको वास्तविकता थाहा पाएका नेताहरूले चासो नदिए पछि पक्राउ परेको ट्रकहरू धरौटीमा छाडी सामान बरामद गरी मुद्दा चलिरहेको अवस्था रहेको छ। यसरी सर्लाही एवं वीरगंजमा व्यापक तस्करी कारोबार फिंजाइरहेका तस्कर गुप्तालाई नेकपा एमाले पार्टीका केन्द्रीय नेताले क्षेत्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने वातावरण बनाइनु क्षेत्रीय विकासका नाममा राजस्व सखाप हुने कुरामा दुइ मत रहदैन। तसर्थ तस्कर गुप्ताको उम्मेदवारी सम्बन्धमा सरकार चलाइरहेको नेकपा एमाले पार्टीका जिल्ला तहले गम्भीर भएर सोच्न नितान्त रहेको पार्टी पंक्तिबाट आवाज उठिरहेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by