ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 21, 2009

सिङ्गापुर र हस्तिनापुरमा कुरा गरेर हुँदैन : खनाल

अजित तिवारी, विराटनगर- 

सत्तारुढ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सिङ्गापुर र हस्तिनापुरमा वार्ता गर्दैमा समस्या समाधान नहुने बताएका छन्। नेपालीहरु आफ्नो समस्या आफ्नै भूमिमा समाधान गर्न सक्षम रहेको दाबी गर्दै उनले भने- ‘सिङ्गापुर र हस्तिनापुरमा हुने वार्ताले समस्या सुल्झाउन सक्दैन।’ शनिबार विराटनगर आइपुगेका एमाले अध्यक्ष खनालले विमानस्थलमा सञ्चारकर्मीसित भने- विदेशमा गएर समस्या समाधान हुँदैन भनेर माओवादीले बुझ्नुपर्छ। उपचारको क्रममा सिङ्गापुरमा रहेका कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालासित केही दिनअघि त्यहीँ पुगेर एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुराकानी गरेका थिए। सिङ्गापुरबाट दाहाल फर्किएपछि यसअघि अवरुद्ध गतिरोध अन्त्यका लागि वार्ता सुचारु भएको छ। ‘मुलुकको राजनीतिक गतिरोध दुई/तीन दिनभित्रैमा समाधान हुनेछ’, एमाले अध्यक्ष खनालले भने- ‘गतिरोध अन्त्यका लागि मुख्य तीन दल माओवादी, कङ्ग्रेस र एमालेबीच गम्भीर छलफल भइरहेको छ।’ उनले दलबीच भइरहेको छलफल सहमति नजिक पुगेको खुलासासमेत गरे। 

सरकार परिवर्तनभन्दा पनि मुलुकको राजनीतिक समस्या समाधानतर्फ दल केन्द्रित हुनुपर्ने बताउँदै नेता खनालले भने- छलफलका विषय जेसुकै हुन सक्छन्। समयमा संविधान बनेन नभने लोकतन्त्र र मुलुकका लागि दुर्भाग्यपूर्ण हुने उनको भनाई छ। 

नेकपा एमाले सुनसरीको जिल्ला अधिवेशन उदघाटन गर्न आएका पार्टी अध्यक्ष खनालले सञ्चारकर्मीसित बोल्न नमाने पनि एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले आग्रह गरेपछि छोटो कुराकानी गरेका थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by