ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 17, 2009

अंग्रेजीमा पनि विवरण भएको नागरिता वितरण सुरु

काठमाडौ(कांतिपुर)-
अब यो नागरिकता केही हदसम्म अन्तरराष्ट्रियस्तरको भएको छ, विदेशमा पढ्न वा घुम्न जाँदासमेत नेपाली नागरिकताको प्रमाणपत्रले व्यक्तिको पहिचान खुलाउन सजिलो भएको छ ।' 

नेपाली भाषामा मात्र वितरण हुँदै आएको नेपाली नागरिकताको प्रमाणपत्रमा पहिलोपटक अङ्ग्रेजी भाषामा समेत व्यक्तिगत विवरण थप गरेर सोमबारदेखि वितरण गर्न थालिएको छ । गृहमन्त्रालयका उपसचिव प्रल्हाद पोखरेलका अनुसार मुलुकका सबै जिल्ला प्रशासन कार्यालयबाट सोमबारदेखि अङ्ग्रेजी विवरणसमेत राखी नागरिकता वितरण थालिएको हो ।  तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा भने एउटै कम्प्युटर कार्यविधिको प्रयोग गरेर नागरिकता वितरण कार्य सुरुभएको छ ।  उपसचिव पोखरेलले अन्य जिल्ला प्रशासन कार्यालयमा समेत अत्याधुनिक कम्प्युटर प्रणाली जडान गर्ने तयारी भइरहेको जानकारी दिए । नयाँ नागरिकता प्रमाणपत्र प्राप्त गर्ने व्यक्तिको आफ्नो नागरिकतामा नेपाली भाषाका अतिरिक्त अङ्ग्रेजी भाषामा समेत नाम, थर, ठेगाना, जन्ममिति, नागरिकताको किसिमलगायतका आधारभूत जानकारी समावेश गरिएको छ । 

अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार भएको नागरिकता सेवाग्राही कविता शर्मालाई वितरण गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीले भने 'अब यो नागरिकता केही हदसम्म अन्तरराष्ट्रियस्तरको भएको छ, विदेशमा पढ्न वा घुम्न जाँदासमेत नेपाली नागरिकताको प्रमाणपत्रले व्यक्तिको पहिचान खुलाउन सजिलो भएको छ ।'

भर्खरै १७ वर्ष पुगेकी कविताले अङ्ग्रेजी भाषासमेत समावेश गरिएको नेपाली नागरिकता प्रमाणपत्र पाउँदा आफूलाई खुशी लागेको बताउँदै नयाँ नागरिकतामा इस्वी सम्वत्मा जन्ममिति, नाम थर र ठेगाना राखिएकाले धेरै किसिमका झन्झटबाट मुक्त हुने विश्वास व्यक्त गरिन् । 

यसअघि नेपाली नागरिकता प्रमाणपत्रमा नेपाली भाषामात्र राखिएकाले भारत भ्रमणमा जाँदासमेत नेपाली नागरिकले समस्या र दुव्र्यवहार झेल्नुपर्ने अवस्था थियो । 

सरकारले गत साउन १९ गतेको राजपत्रमा सूचना प्रकाशित गरी नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १, २, ७ र ८ मा हेरफेर गरी अङ्ग्रेजी भाषा नागरिकता प्रमाणपत्रमा थप गरेको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by