ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 21, 2009

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुसँग छलफल

बिहानैदेखि भेटघाटमा व्यस्त
काठमाडौं (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले बजेट पारित गराउने उपायकाबारेमा बिहान केही मन्त्रीहरुसँग छलफल गर्नु भएको छ । उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री बिजयकुमार गक्षेदार, अर्थमन्त्री सुरेन्द्र पाण्डे र शान्ति तथा पर्ुननिर्माणमन्त्री रकम चेम्जोङ छलफलका लागि बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । भेटमा संसदको गतिरोध अन्त्य गरि बजेट पारित गर्ने र बजेट पारित नभएर उत्पन्न समस्याको बारेमा छलफल भएको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भएको छ । यसगरि बिहानै प्रधानमन्त्रीले युरोपियन युनियनका पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवासमै भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था र शान्ति प्रकृयाका विषयमा छलफल भएको छ । भेटवार्तामा युनियनका सदस्य राष्ट्रका प्रतिनिधिहरुले माओवादीको आन्दोलनका कारण सरकारको बजेट पास नभएको बिषयमा र नेपालमा गरिने आर्थिक सहयोगका बारेमा छलफल भएको थियो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by