ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 19, 2009

सरकार ढल्दैन : सुजाता

माओवादीसहित उच्चस्तरीय संयन्त्र बन्ने
काठमाडौं(नागरिक)- 

माओवादी अध्यक्ष पुष्पकमल दाहालले छिट्टै नयाँ सरकार गठन हुने दाबी गरिरहेका बेला उपप्रधानमन्त्री सुजाता कोइरालाले भने यो सरकार यथावत् रहने बताएकी छिन्। सरकार परिवर्तनबारे दाहालको गिरिजाप्रसाद कोइरालासँग कुनै कुरै नभएको भन्दै उनले थपिन्- अब यो सरकार झन् बलियो हुनेछ।  एभी न्युज टेलिभिजनलाई कोइरालाको उपचार भइरहेको अस्पतालमै सुजाताले दिएको अन्तर्वार्तामा भनेकी छन्- गिरिजाबाबु र दाहालबीच सरकार ढाल्नेबारे नभई उच्चस्तरीय संयन्त्र गठनबारे मात्र कुरा भएको हो । 'यस्तो संयन्त्र बनाउने र त्यसमा माओवादी नेताहरु पनि बस्ने सहमति भएको छ', सुजाताले भनिन्- सबै समस्याको निकास यही संयन्त्रले दिनेमा दुवै सहमत भएका हुन।माओवादीले भनेको तेस्रो चरणको आन्दोलन पनि गिरिजाप्रसाद कोइराला नआएसम्म रोकिने उनले बताएकी छन्। 'म आउँछु, अनि सबै समस्याबारे कुरा गरौंला, अहिले आन्दोलन नगर्नूस्', कोइरालाले दाहाललाई भनेको उद्दृत गर्दै उनले भनिन्- त्यसमा दाहालले सहमति जनाएका छन्।

त्यो संयन्त्र कस्तो हुन्छ र त्यसले कसरी काम गर्छ भन्ने प्रश्नमा सुजाताको भनाइ थियो- त्यसबारे गिरिजाबाबुले 'आउटलाइन' बनाइसक्नुभएको छ, अब त्यसबारे छलफल हुन्छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by