ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 18, 2009

भ्रष्टाचारमा नेपालको नयाँ कीर्तिमान


गत वर्षभन्दा २२ स्थान तल झर्‍यो नेपाल, दक्षिण एसियामा अब अफगानिस्तानभन्दा मात्र राम्रो
नयाँ पत्रिका/ काठमाडौं

भ्रष्टाचारमा नेपालले रेकर्ड ब्रेक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जर्मनीको बर्लिनमा मंगलबार सार्वजनिक गरेको सन् २००९ को वाषिर्क प्रतिवेदनअनुसार नेपाल इतिहासमै सबैभन्दा भ्रष्ट भएको छ । टिआईले तयार पारेको एक सय ८० देशको सूचीमा नेपाल एक सय ४३ औँ स्थानमा छ । गतवर्ष एक सय २१ औँ स्थानमा रहेको नेपालमा भ्रष्टाचार बढेकाले २२ स्थान तल झरेको छ । सन् २००९ को प्रतिवेदनअनुसार सबैभन्दा कम भ्रष्टाचार भएको न्युजिल्यान्ड एक नम्बरमा छ भने सबैभन्दा बढी भ्रष्टाचार भएको सोमालिया एक सय ८० औँ नम्बरमा छ । यसपालि सबैभन्दा कम भ्रष्टाचार हुने देशका रूपमा दर्ज भएको न्युजिल्यान्डले कुल १० मा ९.४ अंक पाएको छ भने नेपालले २.३ मात्र । नेपालको यति खराब रेकर्ड राजाको शासनकालमा पनि बनेको थिएन । राजाको सक्रिय शासनकालमा नेपालले २००५ र २००६ मा लगातार २.५ अंक पाएको थियो । लोकतन्त्र आएपछिको पहिलो वर्ष सन् २००७ मा पनि नेपालले २.५ अंक पाएको थियो भने गतवर्ष स्थिति सुधारेर २.८ अंक पाएको थियो । तर, यसपालि भने स्थिति सबैभन्दा बिगारेर नेपालले २.३ मात्रै पाएको छ ।

गतवर्षसम्म नेपाल दक्षिण एसियामा पाँचौँ नम्बरमा थियो । तर, यसपालि बंगलादेश र पाकिस्तानले समेत सुधार गरेर नेपालभन्दा माथिल्लो स्थान बनाएका छन् । अब दक्षिण एसियामा अफगानिस्तानभन्दा मात्र नेपालको अवस्था राम्रो छ ।

यसपालि दक्षिण एसियाका सबैभन्दा राम्रो भुटान ४९ औँ, भारत ८४ औँ, श्रीलंका ९७ औँ र पाकिस्तान तथा बंगलादेश एक सय ३९ औँ स्थानमा छन् । १.३ अंकका साथ अफगानिस्तान एक सय ७९ औँ स्थानमा छ ।

शाहवंशीय राजतन्त्र फालेर गणतन्त्र स्थापना भए पनि नेपालमा भ्रष्टाचार भने कम हुन नसकेको ठहर टिआईले गरेको छ । 'गणतन्त्र स्थापना भयो, देश तुलनात्मक रूपले शान्त पनि भएको छ, तर भ्रष्टाचारको चुनौती भने नेपालमा थप बढेको छ,' प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार बंगलादेश, जापान, टोंगा एन्ड बनौटुले यसवर्ष भ्रष्टाचार कम गरेर धेरै राम्रो उदाहरण बनाएका छन् । भ्रष्टाचार बढाएर रेकर्ड बिगार्नेमा नेपालका अतिरिक्त मलेसिया, द माल्दिभ्स र अफगानिस्तान छन् । टिआईले विभिन्न १३ वटा शीर्षकमा सर्भे गरेर प्रतिवेदन बनाएको जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सूचकांक

र्‍यांक देश अंक

१. न्युजिल्यान्ड ९.४

२. डेनमार्क ९.३

३. सिंगापुर ९.२

४. स्विडेन ९.२

५. स्विट्जरल्यान्ड ९.०

६. फिनल्यान्ड ८.९

७. नेदरल्यान्ड ८.९

८. अस्ट्रेलिया ८.७

९. क्यानडा ८.७

१०. आइल्यान्ड ८.७

११. नर्वे ८.६

१२. हङकङ ८.२

१३. लक्जमबर्ग ८.२

१४. जर्मनी ८.०

१५. आयरल्यान्ड ८.०

१६. अस्टि्रया ७.९

१७. जापान ७.७

१८. युनाइटेड किङडम ७.७

१९. युनाइटेड स्टेट ७.५

२०. बार्बाडोज ७.४

२१. बेल्जियम ७.१

२२. कतार ७.०

२३. सेन्ट लुसिया ७.०

२४. प|mान्स ६.९

२५. चिली ६.७

२६. उरुग्वे ६.७

२७. साइप्रस ६.६

२८. इस्टोनिया ६.६

२९. स्लोभेनिया ६.६

३०. युनाइटेड अरब इमिरेट्स ६.५

३१. सेन्ट भिसेन्ट र द ग्रेनाडिन्स ६.४

३२. इजरायल ६.१

३३. स्पेन ६.१

३४. डोमेनिका ५.९

३५. पोर्चुगल ५.८

३६. प्युटोरिको ५.८

३७. बोत्सवाना ५.६

३८. ताइवान ५.६

३९. ब्रुनाई ५.५

४०. ओमन ५.५

४१. दक्षिण कोरिया ५.५

४२. मरिसस ५.४

४३. कोस्टारिका ५.३

४४. मकाउ ५.३

४५. माल्टा ५.२

४६. बहराइन ५.१

४७. केप भर्डे ५.१

४८. हंगेरी ५.१

४९. भुटान ५.०

५०. जोर्डन ५.०

५१. पोल्यान्ड ५.०

५२. चेक रिपब्लिक ४.९

५३. लिथुनिया ४.९

५४. सेसेल्स ४.८

५५. साउथ अपि|mका ४.७

५६. लाटभिया ४.५

५७. मलेसिया ४.५

५८. नाम्बिया ४.५

५९. समोआ ४.५

६०. स्लोभाकिया ४.५

६१. क्युबा ४.४

६२. टर्की ४.४

६३. इटली ४.३

६४. साउदी अरेबिया ४.३

६५. ट्युनिसिया ४.२

६६. क्रोएसिया ४.१

६७. जर्जिया ४.१

६८. कुवेत ४.१

६९. घाना ३.९

७०. मोन्टेनेग्रो ३.९

७१. बुल्गेरिया ३.८

७२. मेसेडोनिया ३.८

७३. गि्रस ३.८

७४. रोमानिया ३.८

७५. ब्राजिल ३.७

७६. कोलम्बिया ३.७

७७. पेरु ३.७

७८. सुरिनाम ३.७

७९. बुर्किना फासो ३.६

८०. चीन ३.६

८१. स्वाजिल्यान्ड ३.६

८२. टि्रनिडाड एन्ड टोबागो ३.६

८३. सर्बिया ३.५

८४. एल साल्भाडोर ३.४

८५. ग्वाटेमाला ३.४

८६. इन्डिया ३.४

८७. पानामा ३.४

८८. थाइल्यान्ड ३.४

८९. लेसोथो ३.३

९०. मालावी ३.३

९१. मेक्सिको ३.३

९२. मोल्दोभा ३.३

९३. मोरक्को ३.३

९४. रुवान्डा ३.३

९५. अल्बानिया ३.२

९६. बनौटु ३.२

९७. लाइबेरिया ३.१

९८. श्रीलंका ३.१

९९. बोस्निया एन्ड हर्जगोभिना ३.०

१००. डोमिनिकन रिपब्लिक ३.०

१०१. जमैका ३.०

१०२. मडागास्कर ३.०

१०३. सेनेगल ३.०

१०४. टोंगा ३.०

१०५. जाम्बिया ३.०

१०६. अर्जेन्टिना २.९

१०७. बेनिन २.९

१०८. ग्याबोन २.९

१०९. गाम्बिया २.९

११०. नाइजर २.९

१११. अल्जेरिया २.८

११२. जिबुटी २.८

११३. इजिप्ट २.८

११४. इन्डोनेसिया २.८

११५. किरिबाटी २.८

११६. माली २.८

११७. साओ टोमे एन्ड पि्रन्सिप २.८

११८. सोलोमोन आइल्यान्ड्स् २.८

११९. टोगो २.८

१२०. आर्मेनिया २.७

१२१. बोलिभिया २.७

१२२. इथियोपिया २.७

१२३. कजाकस्तान २.७

१२४. मंगोलिया २.७

१२५. भियतनाम २.७

१२६. इरिटि्रया २.६

१२७. गुयाना २.६

१२८. सिरिया २.६

१२९. तान्जानिया २.६

१३०. होन्डुरस २.५

१३१. लेबनान २.५

१३२. लिबिया २.५

१३३. माल्दिभ्स २.५

१३४. मौरिटानिया २.५

१३५. मोजाम्बिक २.७

१३६. निकारागुवा २.५

१३७. नाइजेरिया २.५

१३८. युगान्डा २.५

१३९. बंगलादेश २.४

१४०. बेलारुस २.४

१४१. पाकिस्तान २.४

१४२. फिलिपिन्स २.४

१४३. अजरबैजान २.३

१४४. कोमोरस २.३

१४५. नेपाल २.३

१४६. क्यामरुन २.२

१४७. इक्वेडर २.२

१४८. केन्या २.२

१४९. रसिया २.२

१५०. सियरा लियोन २.२

१५१. टिमोर-लेस्टे २.२

१५२. युक्रेन २.२

१५३. जिम्बाबे २.२

१५४. कोट डे आइभोर २.१

१५५. पपुवा न्यू गिनी २.१

१५६. पाराग्वे २.१

१५७. यमन २.१

१५८. कम्बोडिया २.०

१५९. सेन्ट्रल अपि|mकन रिपब्लिक २.०

१६०. लाओस २.०

१६१. ताजिकिस्तान २.०

१६२. अंगोला १.९

१६३. कंगो ब्राजाभिल्ले १.९

१६४. डे. रिपब्लिक अफ कंगो १.९

१६५. गिनि-बिसाउ १.९

१६६. किर्गिस्तान १.९

१६७. भेनेजुयला १.९

१६८. बुरुन्डी १.८

१६९. इक्वेटोरियल गिनी १.८

१७०. गिनी १.८

१७१. हाइटी १.८

१७२. इरान १.८

१७३. तुर्कमेनिस्तान १.८

१७४. उज्बेकिस्तान १.७

१७५. चाड १.६

१७६. इराक १.५

१७७. सुडान १.५

१७८. म्यानमार १.४

१७९. अफगानिस्तान १.३

१८०. सोमालिया १.१

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by