ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 21, 2009

कोइराला फर्केपछि कुरा मिल्छ

काठमाडौं(नयापत्रिका)


सिंगापुरमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको राजनीतिक छलफलका साक्षी माओवादी नेता कृष्णबहादुर महराले राजनीतिक समस्या समाधान हुन अरू दुई/चार दिन लाग्न सक्ने बताएका छन् । कोइराला स्वदेश फर्केपछि समस्या समाधान हुने विश्वाससमेत व्यक्त गर्छन् नेता महरा ।
नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा नेता महराले सिंगापुरमा भएको छलफलमा राजनीतिक समस्या समाधान गर्न कोइराला अघिपछिभन्दा अरू गम्भीर रहेकोसमेत बताएका छन् । ँगिरिजाबाबुले कुनै न कुनै निकास दिनुपर्छ, देशलाई मुठभेडतिर लैजानुहुँदैन र समस्याको हल गर्नुपर्छ भन्ने भावनामा पहिला-पहिलाभन्दा अलि बढी कुरा राख्नुभयो,’





अन्तर्वार्तामा नेता महराले भनेका छन्, ँशनिबार हाम्रो केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकले पनि एउटा दिशानिर्देश गर्ला । गिरिजाबाबु आइतबार आउने कुरा छ । त्यसकारणले अरू दुई/चार दिन समय लाग्ने देखिन्छ । मलाई लाग्छ- उहाँ फर्किसकेपछि स्थितिले एउटा स्वरूप लेला ।’

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by