ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 20, 2009

जनताका आवाज बन्द नगर्न सभामुखको आग्रह।

इलाम(दैनिकी)
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरोधले बजेट रोकिइ मुलुक नै ठप्प हुन लागेको भन्दै सदन अवरुद्व गरेर जनताका आवाज बन्द नगर्न एकीकृत नेकपा (माओवादी)लाई आग्रह गर्नुभएको छ। नेम्वाङले छिटो सहमतिमा पुगी बजेट पारित गर्न आग्रह गर्नुभयो। 'बजेट सबैको सरोकारको विषय हो, बजेट रोकिए मुलुक चल्दैन', आज इलामको मंगलबारेस्थित बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन गर्दै नेम्वाङले भन्नुभयो, 'संसारका कुनै पनि मुलुकमा बजेट रोकिएको छैन, रोक्नु हुँदैन पनि।' दलहरु छलफलमा रहेकोले दुई/तीन दिनभित्रै सहमति जुट्ने आशा सभामुखको छ।

सदन अवरोध जारी राखेर जनताका आवाज बन्द गर्ने काम दलहरुबाट भइरहेकोमा आपत्ति जनाउँदै नेम्वाङले जनताको प्रतिनिधिमुलुक संस्थालाई अवरोध गरे दलहरु कसैको पनि हैसियत नरहने बताउनुभयो। …मैले पटक(पटक भनिरहेको छु, अझै भन्छु त्यसो नगर्नुस्', उहाले दलहरुलाई सुझाउनुभयो, …जनताका आवाज बन्द गर्ने धृष्टता गर्नुभयो भने तपाईहरु सडकमा आउनुहुनेछ।'

दलहरुबीचको दूरी बढ्दै जाँदा संविधान निर्माणमा असर परिरहे पनि सभाध्यक्ष नेम्वाङले २०६७ जेठ १४ गतेभित्र संविधान जारी हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभएको छ्। संविधान निर्माणका लागि सबै दललाई एकजुट हुन नेम्वाङको आग्रह छ। संविधानसभा निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत नल्याएकोले सबैको भूमिका उत्तिकै हुने उनले बताउनुभयो।

नेम्वाङले आजै नेपाल परिवार नियोजना संघको मंगलबारेस्थित सामुदायिक क्लिनिक भवनको शिलान्यास र सिद्विथुम्कामा आयोजित तीन दिने महोत्सवको उद्घाटन समेत गर्नुभएकेा छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by