ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, November 18, 2009

माओवादी आन्दोलनको विरोधमा बोले यादव

केशव सावद/कञ्चनपुर

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीले संसद अवरोध गरेर मुलुकलाई ठप्प पार्नु सकारात्मक नभएको भन्दै माओवादीको नेतृत्वमा सरकार बनोस भन्ने भारतको चाहना नभएको खुलासा गर्नुभएको छ।  उहाँले अहिलेको सरकारको नेतृत्वमा राजनीतिक गतिरोधको अन्त्य सम्भव नभएको भन्दे यादवले त्यसका लागी राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो। अहिलेको सरकार जनताले हराएकाहरुले चलाइरहेको भन्दै यादवले सरकार पुर्ण रुपमा असफल भइसकेको ठोकुवा गर्नुभयो। 
उहाँले संविधानले नदिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेकै कारण अहिले मुलुकमा समस्या देखिएको आरोप लगाउनुभयो।आज बिहान कञ्चनपुरको सदरमुकाम भीमनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले अन्तरिम संविधानले दिएको अधिकार क्षेत्र भन्दा बाहिर गएर राष्ट्रपतिले सेनापति प्रकरणमा हस्तक्षेप गरेका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको दावी गर्नुभयो।
उहाँले मुलुकमा देखिएका समस्याका विषयमा छलफल गर्ने थलो संसदमा राष्ट्रपतिको कदमका बारेमा छलफल गर्न नमिल्ने काँग्रेस र एमालेको अडान देशमा द्वन्दको स्थित सिर्जना गर्ने मात्रै भएको आरोप लगाउनुभयो। 
राष्ट्रपतिको कदमका बारेमा एकिकृत नेकपा माओवादीले राखेको संकल्प प्रस्ताव माथि छलफल भए अहिलेको राजनीतिक गतिरोधको अन्त्य हुने बताउनुभयो। एमाले नेतृत्वको वर्तमान सरकारका कारण जनताले दिएको जनादेशको अपमान भएको भन्दै यादवले निर्धारित समयमा संविधान बन्ने नसके मुलुकका लागी घातक हुने उल्लेख गर्नुभयो। 
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधान निर्माण गर्ने र सेना समायोजनाका लागी आज राष्ट्रिय सहमति बाहेकको अर्को विकल्प नै नभएको बताउँदै उहाँले सानातिना मतभेदलाई बिर्सिएर एक पटक सबैले जनताको जनादेशको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। 
सरकार बनाउने र गिराउने खेल चलिरहे मुलुकले कहिल्यै निकास नपाउने उहाँको तर्क थियो। 
संघीयता र गणतन्त्र विरोधीले संविधान सभालाई भंग गराउने षडयन्त्र गरिरहेको आरोप गाउनुभयो। कसले षडयन्त्र गरिरहको छ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा यादवले नाम खुलासा गर्न चाहनुभएन। उहाँले विगतमा तत्कालिन सरकारले मधेसी मोर्चासंग गरेको सहमति कार्यान्वयन नभए आफुहरुले तेस्रो मधेस आन्दोलन गर्ने चेतावनि दिनुभयो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by