ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 19, 2009

एसएमजी र पेस्तोलसहित ५ पक्राउ

बधेशकुमार झा/इनरुवा(कांतिपुर)- 
सुनसरी जिल्लामा आपराधिक गतिविधि गर्दै आएका पाचजना भारी परिमाणमा हतियार सहित पक्राउ परेका छन् । नेपाल प्रहरीले भारतीय प्रहरीसित समन्वय गरी सञ्चालन गरेको अप्रेसन अन्तरगत चारजना नेपालमा र एकजना सुनसरीसित सिमा जोडिएको भारतीय वजार बिरपुरमा पक्राउ परेका हुन् ।  सुनसरी प्रहरीले लामो समय देखी थालेको अप्रेसन पछि बिगत दुई दिन यता नेपालमा पक्राउ परेका चारजनालाई बिहीबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । नेपाली क्षेत्रअन्तरगत भारतसित सिमा जोडिएको सुनसरीको हरिपुरबाट पक्राउ पर्नेहरुमा सुनसरी देवानगञ्ज ४ का २३ बर्षीय भगत सिह भनिने सन्तोषकुमार मेहता , कप्तानगञ्ज ५ का २० बर्षीय सन्तोष गुप्ता भनिने सन्तोषकुमार मेहता , सोही ठाउ बस्ने २१ बर्षीय बद्री मेहता र बसन्तपुर ६का कैलु भनिने ३२ बर्षीय भगतनारायण मेहता रहेको सुनसरीका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।
उनीहरुका साथबाट बिगतमा अपराध गर्दा छोडेर गएको तीन थान कटुवा पेस्तोल सहित अन्य तीनथान अटोमेटिक पेस्तोल गरी जम्मा ६ थान पेस्तोल , सोको म्यागजिन तीनथान , अटोमेटिक पेस्तोलमा लाग्ने १४ राउण्ड गोली र सल्फेट पाउडर ४०० ग्राम समेत बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

नेपाल तर्फ पक्राउ परेका चारैजनासँग काम गर्ने भारतीय नागरिक सन्तोषकुमार मेहतालाइ सुनसरीसित सिमा जोडिएको बिहारको बिरपुर वजारमा भारतीय प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी उपरिक्षक श्रेष्ठका अनुसारबिहारको सुपौल जिल्ला अन्तरगत सितापुरका मेहतालाइ भारतीय प्रहरीले एकथान एसएमजी , चारथान पेस्तोल , चारवटा मोवाइलको सिम र एसएमजीमा प्रयोग हुने १३ राउण्ड गोली बरामद गरेको हो । 

पक्राउ परेकाहरु बिभिन्न हत्या अपहरण र नक्कली नागरिकता वनाएको समबन्धी मुद्दामा हाल नख्खु कारागारमा सजाय भोगीरहेका बिहार क्षेत्र अन्तरगत कोसी क्षेत्रको आतंक भनेर चिनिएका धिरेन्द्र यादब - मुखियाजी समुह) का रहेको र नेपाल तर्फ विभिन्न सशस्त्र संघर्षरत पार्टीहरुमा प्रबेश गरि आपराधिक कार्य गर्दे आएको प्रहरीको दाबी छ । पक्राउ परेकाहरुले हाल सम्म चारजनाको अपहरण र दर्जनौ ठाउमा बिस्फोटन र जबरजस्ती चन्दा असुली लगायतका काम गर्दे आएको पत्रकार सम्मेलनमा उनीहरुले स्वीकार गरेको छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by