ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, November 19, 2009

राज्यमन्त्री बेगमलाई कारवाही गर्न दुई दिने अल्टिमेटम

काठमाडौ(कांतिपुर)-
सीडीयो कुटने कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई दुई दिन भित्र कारवाही नगरे मुलुकभरका सरकारी निकाय ठप्प पार्ने कर्मचारी संघ संगठनले चेतावनी दिएको छ । राज्यमन्त्री बेगमले गतसाता पर्साको तात्कालिन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई गाडीको विषयलाई लिएर कुटपिट गरेकी थिइन । उक्त घटनापछि राज्यमन्त्रीलाई कारवाहीको माग गर्दै कर्मचारीहरु आन्दोलन गर्दै आएका छन् । नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछानेले मन्त्री उपर कारवाही नभए आइतबार बाट कामकाज ठप्प पारिने बताए । प्रधानमन्त्रीको निर्देशनमा राज्यमान्त्री बेगमले घटनाप्रति दुःखव्यक्त गर्दै वक्तव्य निकालेकी थिइन ।
पर्सा प्रहरीले बेगम उपर सार्वजनिक अपराधको मुद्दा चलाएर उनलाई पक्राउ गर्न काठमाडौं प्रहरीलाई पत्राचार गरेको जानकारी दिएपनि काठमाडौं प्रहरीले त्यस्तो कुनै जानकारी नआएको बताउँदै आएको छ ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by