ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 20, 2009

गोर्खाल्यान्ड आन्दोलन नयाँ चरणमा



२१ डिसेम्वर अगाडि नै प्रस्तावित छैटौं अनुसुचि र दागोपाप भङ्ग गर्ने मोर्चाको तयारी।

सञ्जीव चापागाई,झापा(दैनिकी)

छुट्टै राज्य गोर्खालेण्डको माग गर्दै भारतको पश्चिम बंगालमा आन्दोलनरत् गोर्खा जन मुक्ति मोर्चा २१ डिसेम्वर अगाडि नै चरम विवादित प्रस्तावित छैटौं अनुसुचि र दार्जिलिङ्ग गोर्खा पावर्त्य परिषद दागोपाप लाइ औपचारिक रुपमा रद्द गर्ने तयारीमा जुटेको छ।
२१ डिसेम्वरमा हुने चौथो त्रिपक्षिय वार्ता अगाडी नै प्रस्तावित छैटौं अनुसुचि रद्द गर्न र दागोपाप लाइ औपचारिक रुपमा भङ्ग गर्न मोर्चा आन्तरिक तयारीमा जुटिसकेको मोर्चा स्रोतले जनाएको हो। मोर्चाका अध्यक्ष विमल गुरुङ्गले आफनो पार्टीले अब विकासका भरमा मात्र राजनिति नगनर्ेे भन्दै २१ डिसेम्बर अगाडी नै यी दुई मुद्धालाइ निकास लगाउने बताउनु भएको छ। सो विषयमा केन्द सरकारको आगामी १९ नोभेम्वरमा हुने संसद बैठकमा छलफल हुन सक्ने मोर्चाका कालेङ्गपोङ्ग महकुमा समितिका प्रचार सचिव कुमार चाम्लिङ्गले टेलिफोन मार्फत हामीलाई जानकारी दिनुभयो। मोर्चा स्थापना काल देखि नै प्रस्तावित छैटौं अनुसुचि र दागोपापको विरोधमा उत्रिएको हो।

मोर्चाले दागोपापले प्रस्तावित गोर्खालेण्ड क्षेत्रमा न्यायोचित क्रियाकलाप नगरेको भन्दै त्यसको औचित्य नै नभएको टिप्पणी गर्दै आएको छ। अर्को तिर चरम विवादमा मुछिएको प्रस्तावित छैटौं अनुसुचिले गोर्खालेण्ड क्षेत्रको विकास, एकता र सद्भावमा खलल पुर्याउने भन्दै मोर्चाले गोर्खालीको मनोभावना गिराउने सो प्रस्ताव औपचारिक रुपमा नै खारेज हुनु पर्ने बताएको छ। वार्ता अघि ति प्रस्ताव खारेज गर्न मोर्चाले पहल समेत गरिरहेको चाम्लिङ्गले बताउनु भयो।

उता चौथो चरणको वार्ताको तयारी शुरु भएको अवस्थामा मोर्चाले ति प्रस्ताव खारेज हुनु पर्ने माग राख्नु वार्ता प्रतिको उदासिनता भएको राज्य सरकारले भनेकोछ।तर मोर्चाले भने आफुहरु वार्ताको पक्षमा रहेको भन्दै वार्ता अघि ति प्रस्ताव खारेज भए वार्ताले सहमति कायम गर्ने बताएकोछ। यद्यपि वार्ताको समय नजिकिंदै जाँदा बंगला अनि बंगला भाषा बचाउ समिति गोर्खालेण्डको माग राज्य टुक्राउने खेल भएको भन्दै गोजमुमोका शिर्ष नेताहरुलाइ प्रक्राउ गर्नुपर्नेपक्षमा देखिएको छ। समिति वंगाल सरकारलाइ राज्य विरोधि क्रियाकलाप गर्ने माथि कडाइ गर्न माग राख्दै राज्य बचाउ अभियानमा जुटेको छ। जसले गोर्खालेण्डको पक्ष र विपक्षलाइ लिएर झडपका घटना हुन सक्ने देखिएको छ। यद्यपि मोर्चाले अलगराज्य गोर्खालेण्डको माग राज्य टुक्राउने नभइ पहिचान स्थापना गर्ने चाम्लिङ्गले बताउनु भयो।दार्जिलिङ्ग पहाडका समग्र जनता अरुको अधिनमा नभइ आफु छुट्टै पहिचान बनाएर बाँच्न चाएकाले एक शताव्दी देखि चल्दै आएको गोर्खालेण्डको माग केन्द्र्र सरकारले पूरा गर्नु पर्ने मोर्चाले बताएको छ।

मोर्चाले आफनो माग पुरा नभए थप आन्दोलन चक्राउने चेतावनी समेत दिंदै आएकोछ। मोर्चाले गोर्खालेण्ड राज्य सुनिश्चितताको लागी भन्दै७ नोभेम्वरदेखि अर्को चरणको आन्दोलन शुरु गरेकोछ।चौथो त्रिपक्षिय वार्ताको समय नजिकिँदै जाँदा मोर्चाले थालेको यो आन्दोलनलाइ महत्वका साथ हेरिएको छ।

पोशाक आन्दोलन,भोक हड्ताल, असहयोग आन्दोलन,विरोध सभा अथवा गान्धीवादी आन्दोलन लाइ निरन्तरता दिएको मोर्चाले पछिल्लो समयमा आन्दोलनलाइ केहि शसक्त बनाएको छ। ७ नोभेम्वरदेखि शुरु भएको अर्को चरणको असहयोग आन्दोलन स्वरुप प्रस्तावित गोर्खालेण्ड क्षेत्रमा स्टेट गोर्खालेण्ड लेख्ने अभियान तिर्व भएकोछ। सेाही दिन देखि मोर्चाले मादक पदार्थ विक्रि वितरणमा प्रतिबन्धको घोषणा गरेको थियो। जसका कारण दार्जिलिङ्ग पहाडमा मादक पदार्थ विक्रि वितरण पुर्ण रुपमा ठप्प भएको छ।

मोर्चाले प्रस्तावित गोर्खालेण्ड राज्यलाइ नशा मुक्त क्षेत्र बनाउन सो अभियान थालेको बताएको छ। ६ महिने सो अभियानलाइ सफल बनाउन दार्जिलिङ्ग पहाड प्रवेश गर्ने सम्पूर्ण नाकाहरुमा गोर्खालेण्ड पर्सनल जि एल पि नाम दिएको आफनै सेना परिचालन गरेको छ। सो अभियानका क्रममा सवारी साधनले मादक पदार्थ ओसारप्रसार गरेको पाइए ६ महिनाका लागि सवारी नियन्त्रणमा लिने मोर्चाले जनाएको छ। सवारी निगरानी अभियानमा महिलाहरुको उल्लेख्य उपस्थिति रहेको छ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by