ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Tuesday, November 17, 2009

सिडिओलाई पक्रन मन्त्रीको चुनौती

भोला पासवान(नयाँ पत्रिका)

जिल्ला प्रशासन कार्यालयमै गई प्रमुख जिल्ला अधिकारीलाई कुटेर विवादमा आएकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले उल्टै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि मुद्दा दायर गर्ने बताएकी छिन् । प्रजिअ कुटेको जाहेरीका आधारमा राज्यमन्त्री बेगमका नाममा जिल्ला प्रहरी पर्साले पक्राउ वारेन्ट जारी गरेको छ । राज्यमन्त्री बेगमले प्रजिअ भण्डारीमाथि गाली-बेइज्जती मुद्दा दर्ता गर्ने तयारी गरेको खुलासा गरिन् । 'जिल्ला प्रशासन गएर उनलाई सम्झाउन खोज्दा मलाई औँला ठड्याएर दुव्र्यवहार गर्न खोजेपछि मैले हात छाडेँ,' मधेस मिडिया हाउस, काठमाडौंमा आफँले बोलाएको पत्रकार सम्मेलनमा राज्यमन्त्री बेगमले भनिन् । जिल्ला जाँदा शान्ति-सुरक्षाका लागि छलफल गर्नु छ भनेर पटक-पटक बोलाउँदा पनि कुनै चासो नदिएकाले आफूले सम्झाउन खोज्दा सिडिओले औँला ठड्याएको उनको आरोप थियो । 'जनतालाई शान्ति-सुरक्षा नदिने, मैले गाडी माग्दासमेत विनाझन्डाको पुरानो गाडी, त्यो पनि सुरक्षाकर्मीविनै पठाइदिने ?' राज्यमन्त्री बेगमले सिडिओ कुट्नुको कारण स्पष्ट गर्दै भनिन्, 'म मुस्लिम समुदायको महिला, कसैसँग हात पनि मिलाउँदिनँ, उनले त औँला नै ठड्याए, बाध्य भएर थप्पड हान्नुपर्‍यो ।'

कुटपिटको घटना सुनियोजित नभई अप्रत्यासित र दुखद् रहेको बताउँदै राज्यमन्त्री बेगमले यसको सम्पूर्ण कारक प्रजिअ भण्डारी नै रहेको बताइन् । 'दुव्र्यवहारको आवेगमा प्रजिअमाथि हात छाड्नु मेरो गल्ती थियो,' राज्यमन्त्री बेगमले भनिन् । प्रहरीको पक्राउ वारेन्टमा रहेकी राज्यमन्त्री बेगमले भनिन्, 'मलाई समात्ने होइन, प्रजिअ भण्डारीलाई नै समात्नुपर्छ ।'

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by