ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, November 15, 2009

भिओआईपी सेवा खुला हुने


कांतिपुर/काठमाडौ-


दूरसञ्चार कम्पनीहरूले अनुमति पाए पनि सेवा सुरु नगर्दा विदेशी कम्पनीले सस्तो शुल्कका अरू नै व्यक्तिसँग सम्झौता गरेकाले अज्ञात माध्यमबाट यो सेवा नेपाल भित्र्याइरहेको छ,' एक जानकारले भने, 'तर पनि यो दूरसञ्चार कम्पनीको नेटवर्कभन्दा बाहिरबाट आएको भने छैन ।' 



 विदेश कुरा गर्न लाग्ने आईएसटीडी शुल्कभन्दा निक्कै सस्तोमा वैधानिक र गुणस्तरीय टेलिफोन सेवा उपलब्ध हुने भएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले भिओआईपी सेवा पूर्ण रूपमा खुला गर्ने भएपछि टेलिफोन शुल्क यसरी घट्ने भएको हो । भिओआईपी सेवा भनेको इन्टरनेट सम्झौतामार्फत भ्याइस (आवाज) आदानप्रदान गनर्ु हो । 

यसअघि अनुमति पाएको चार कम्पनीले सेवा सञ्चालन नगरेपछि भिओआईपी सेवाको फाइदाबाट उपभोक्ता वञ्चित भएको भन्दै प्राधिकरणले नयाँ कम्पनीलाई पनि यो सेवा सञ्चालन गर्न दिने योजना बनाएको हो । नयाँ अनुमतिका लागि यो वर्षभित्रै प्राधिकरणले खुला गर्ने जनाएको छ । 

अहिले प्राधिकरणबाट अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा सञ्चालनको अनुमति पाएको नेपाल टेलिकम, युनाइटेड टेलिकम, स्पाइस नेपाल र एसटीएम टेलिकम सञ्चारले भिओआईपी सेवा सञ्चालन गर्न पाउँछन् । तर अनुमति पाएको दुई वर्ष भइसक्दा पनि यी कम्पनीले सेवा सञ्चालन गर्न सकेका छैनन् । 

'गुणस्तरीय सेवा कम शुल्कमा पाउन भन्ने उद्देश्यले यो सेवा खुुला गर्न लागेका हौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने । उनका अनुसार अहिले सर्किट स्विचिङमार्फत हुने फोन 

(आईएसटीडी) को शुल्क बढी छ । भिओआईपीबाट भ्याइस सेवाको प्रयोगपछि आईएसटीडीभन्दा धेरै कम शुल्कमा उपभोक्ताले सेवा उपभोग गर्न सक्नेछन् । 

आईएसटीडीमा लाग्ने बढी शुल्कले इन्टरनेट टेलिफोनको प्रयोग गरिरहेका उपभोक्ताले पनि भिओआईपी सेवाबाट फाइदा उठाउन सक्छन् । 'इन्टरनेटमार्फत हुने 'इन्टरनेट फोन' को दाँजोमा यो यो सेवा धेरै गुणस्तरीय हुन्छ,' न्यौपानेले भने । 

उनले यो सेवा प्रयोगमा सबै ठाउँमा एउटै शुल्क लाग्ने व्यवस्था गर्न लागिएको बताए । 'नेपालमा सञ्चालन भएको वेबसाइट डाउनलोड गर्दा सबैतिर उत्तिकै शुल्क लाग्छ,' उनले भने, 'यो सेवामा प्रयोगकर्ताले भ्वाइस प्रयोग नेपालबाट नेपाल भित्र वा जुनसुकै मुलुकमा गर्दा एउटै लाग्ने व्यवस्थाबारे हामी सोचिरहेका छौं ।' 

प्राधिकरणले कस्तो खाले कम्पनीलाई यो सेवा सञ्चालनका अनुमति दिने भन्ने विषयमा निर्णय भने गरेको छैन । 'कस्तो, कति योग्यता भएको कम्पनीलाई कति शुल्क लिएर सेवा दिने भन्नेबारेमा निर्णय भएको छैन,' उनले भने, 'कतिवटा कम्पनीलाई अनुमति दिने भन्ने विषय पनि टुङ्गोमा पुगेको छैन । यसबारे हामी छिट्टै निर्णय गछौर्ं ।' उनका अनुसार भिओआईपी सेवा प्याकेट स्चिङअन्तर्गत सञ्चालन हुुन्छ । जसमा भ्वाइसका साथै डाटा र भिडियो आदानप्रदान गर्न पनि सकिन्छ । यस्तै एउटै ब्यान्डविथमा धेरैले एकैपटक सेवा लिनसक्नु यसको अर्को फाइदा हो । 'एउटा ब्यान्डविचबाट औसतमा १६ देखि १८ जनाले कुराकानी गर्न सक्छन्,' उनले भने, 'धेरैले एउटै सेवा एकैपटक प्रयोग गर्ने भएकाले मूल्य कम हुने भएको हो ।' 

अनुमति पाइसकेको कम्पनीले भिओआईपी सेवा सञ्चालन नगरेकाले कल बाइपासको समस्या आएको गुनासो यसअघिबाट नै उठ्ने गरेको थियो । 'दूरसञ्चार कम्पनीहरूले अनुमति पाए पनि सेवा सुरु नगर्दा विदेशी कम्पनीले सस्तो शुल्कका अरू नै व्यक्तिसँग सम्झौता गरेकाले अज्ञात माध्यमबाट यो सेवा नेपाल भित्र्याइरहेको छ,' एक जानकारले भने, 'तर पनि यो दूरसञ्चार कम्पनीको नेटवर्कभन्दा बाहिरबाट आएको भने छैन ।' उनी यसरी भएको कल बाइपासले कम्पनीका साथै राजस्व संकलनमा समेत असर पगेको बताउँछन् । 

अहिले इन्टरनेट फोन सेवा उपलब्ध गराइरहेको इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले भिओआईपी सेवा सञ्चालन अनुमित लिन यसअघि नै इच्छा देखाएका थिए । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष पवन शाक्यले प्राधिकरणलाई यो सेवा सञ्चालनको अनुमति दिन यसअघि नै सल्लाह दिएका थिए । 'हाम्रो आग्रहमा प्राधिकरण सकारात्मक छ,' उनले भने ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by