ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, November 21, 2009

बेचिएको दस वर्षपछि नेपाल फर्किए

कपिलवस्तु(नागरिक)- 

भारतमा बेचिएका एक नेपाली बालक १० वर्षपछि सकुशल आफ्नो देश फर्किन सफल भएका छन्। नौ वर्षको उमेरमा भारतको दिल्लीमा बेचिएका अमर शाह भागेर नेपाल आइपुगेका हुन्। धनुषा जिल्ला सुगामधुकरी गाविस-२ कपिलेश्वरका उनलाई त्यहीका मुन्ना भन्ने मुनिफ नदाफले ललाइफकाई २०५७ असोजमा भारतको दिल्ली पुर्‍याएका थिए। आफूलाई दिल्लीको चन्दननगरस्थित एक प्रेस फ्याक्ट्रीमा लगेर बेचेको पीडितले बताए। आफूले उक्त फ्याक्ट्रीमा काम गर्दा नौ वर्षसम्म घामको मुखसमेत देख्न नपाएको उनले पीडा सुनाए। "फ्याक्ट्री मालिकले रु. २० दिएर चुरोट किन्न पठाएको थियो त्यही मौका छोपेर म भागेँ।"- उनले भने।भागेर एक किसानको घरमा पाँच महिना काम गरेपछि गाउँकै प्रधानले दिएको भारु चार हजारले आफू नेपालगन्ज नाका हुँदै कपिलवस्तु आइपुगेको उनले बताए। "नेपालगन्जका व्यक्तिहरूले कपिलेश्वरभन्दा आफूलाई कपिलवस्तु पठाइदिए"- उनले भने। "मैले घर फर्कने आशै मारेको थिएँ तर भाग्यले फेरि आफ्नै देश, आफ्नै परिवारबीच फर्किन पाएँ"- उनले भावुक हुँदै भने।

कपिलवस्तु आइपुगेका अमर शाहलाई धुनषा घर भई यहाँ व्यापार गर्दै आएका शतिषकुमार वेदीले ठेगाना पत्तालगाई प्रहरीको रोहवरमा आफन्तलाई बुझाएका हुन्। धनुषाबाट उनलाई लिन आएका मामा विजयकुमार चौधरीले शुक्रबार उनलाई लगेका छन्। घरको जेठो सन्तान बेचिएको खबरले आमा विनितादेवी अझै चिन्तित र बेलाबेलामा मुर्छित हुने गरेको उनका मामाले बताए। भान्जा लिन दुई पल्टसम्म दिल्ली पुगेर खोजे पनि रित्तो हात फर्कनुपरेको पीडा सुनाउँदै उनले अब दिदी खुसी हुने बताए। रासस

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by