ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, November 20, 2009

सचिवहरू पनि महँगा गाडीमा


विकास थापा/काठमाडौ(कान्तिपुर)- 
सम्बद्ध मन्त्रालयका छुट्टाछुट्टै स्रोतहरूले दिएको जानकारीअनुसार दुई वा दुईभन्दा बढी गाडी देखाएर वा लुकाएर राख्ने सचिवहरूको संख्या ८० प्रतिशतभन्दा बढी छ । सरकारले सुविधास्वरूप दिएको गाडी उनीहरूले लुकाएर पारिवारिक प्रयोजनका लागि उपलब्ध गराएका छन् । यसको मर्मत, तेल र मोबिल सम्बद्ध मन्त्रालयले बेहोर्ने गर्छ । 

तलब र भत्तामा सबैभन्दा कम आकर्षक मानिएको निजामती सेवाका उच्चपदस्थ कर्मचारीहरूले पनि मन्त्रीहरूको जस्तै महँगा र विलासी गाडी चढ्ने गरेका छन् । बजेट, आयोजना सञ्चालन र प्रभावका हिसाबले शक्तिशाली मानिएका मन्त्रालयका सचिवहरूले तीनवटासम्म गाडी राखेर कतिपय 'गरिब मन्त्रालयका मन्त्री' लाई समेत उछिनेका छन् । पद, प्रभाव र पैसाका हिसाबले आकर्षक मानिएका अर्थ, कृषि तथा सहकारी, गृह, ऊर्जा, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण, शिक्षा, सूचना तथा सञ्चार र स्थानीय विकास मन्त्रालयका सचिवहरूले अरूभन्दा विलासी र महँगा गाडी चढेर मन्त्रीको 'समकक्ष' मा पुगेका छन् ।
कांग्रेस, एमाले, माओवादीजस्ता राजनीतिक शक्तिसँग पहुँच भएका र 'प्रशस्त सम्पत्ति' भएका सचिवहरू नै महँगा सरकारी गाडी चढ्ने र दुरुपयोग गर्नेमा अग्रपंक्तिमा छन् । कानुनतः सचिवहरूले एउटा गाडीमात्र सुविधामा पाउँछन् ।

सम्बद्ध मन्त्रालयका छुट्टाछुट्टै स्रोतहरूले दिएको जानकारीअनुसार दुई वा दुईभन्दा बढी गाडी देखाएर वा लुकाएर राख्ने सचिवहरूको संख्या ८० प्रतिशतभन्दा बढी छ । सरकारले सुविधास्वरूप दिएको गाडी उनीहरूले लुकाएर पारिवारिक प्रयोजनका लागि उपलब्ध गराएका छन् । यसको मर्मत, तेल र मोबिल सम्बद्ध मन्त्रालयले बेहोर्ने गर्छ ।

मुख्य सचिव माधवप्रसाद घिमिरेले दुईवटा गाडी राखेर अरू सचिवलाई पनि यस्तै गर्न प्रेरित गरिरहेका छन् । मुख्य सचिव घिमिरेले गृह मन्त्रालयको ५० लाख रुपैयाँ पर्ने बा१झ ५५१५ को मित्सुवित्सी गाडी लगेका छन् । उनीसँग छुट्टै अर्काे सरकारी गाडी पनि छ ।

पद र मानका हिसाबले उही विशिष्ट श्रेणीका सचिवहरूमध्ये कसैले डेढ करोडको प्राडो चढेका छन् भने कसैले १३ लाख रुपैयाँ पर्ने स्यान्ट्रो चढ्ने गरेको पाइएको छ । सचिव भएर पनि सबैभन्दा सस्तो र अरूले नचढेका गाडी चढ्ने राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने हुन् ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातले डेढ करोड पर्ने प्राडो जिपसहित तीनवटा छुट्टै गाडी राखेका छन् । मेलम्ची आयोजनाको नर्वेजियन परामर्शदाता नरप्लानले सन् २००४ मा झिकाएको चारवटा गाडीमध्ये उनले एउटा लिएका हुन् । ती चारमध्ये पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाले एक-एक गाडी लगेका छन् भने बाँकी परामर्शदाताले चढ्दै आएको छ । मेलम्चीको सरकारी नम्बर प्लेट बा१झ ६६०७ लाई पूर्वप्रधानमन्त्री थापाले अनधिकृत रूपमा रातो नम्बर प्लेटमा बा४च ८८७५ बनाएका छन् । नरप्लानले उक्त गाडी झिकाउँदा 'नेपालमा सर्वाधिक महँगो' मानिएको थियो । यस्तै मोडेलको गाडी प्रहरी महानिरीक्षकले पनि चढ्ने गर्छन् । 

बस्न्यातलाई आफ्नै मन्त्रालयले छुट्टै कार दिएको छ । मन्त्रालयको कारले नपुगेर उनले मेलम्चीका अरू दुईवटा गाडी लगेका छन् । ती गाडी उनको परिवारले 'प्रयोग' गर्दै आएको स्रोतले बतायो ।

बस्न्यातकै समकक्षी अर्का सचिव पूर्ण कडरिया पनि सर्वाधिक महँगो गाडी चढ्नेमा दरिन्छन् । उनले पनि दुईवटा गाडी प्रयोग गर्दै आएका छन् । आफ्नो मातहतमा परेको सडक विभागको गाडीलाई उनले उपयोग गर्दै आएका छन् । एसियाली विकास बैंकको ऋणमा सञ्चालित 'सडक क्षेत्र विकास' आयोजनाको महँगो जिप कडरियाले चढेका छन् ।

सचिव कडरियाले पनि सरकारी नम्बर प्लेट परिवर्तन गरी निजी बनाएका हुन् । मेलम्चीको बा१झ ५१८४ नम्बरलाई बा४च ७७३३ नम्बर बनाएका छन् । सरकारीलाई निजी बनाउनु गैरकानुनी हो । २०६४ साल कात्तिकदेखि कडरियाले निजी नम्बर प्लेट हाली चढ्न थालेका हुन् । उनलाई पनि सचिवको हैसियतमा सरकारी गाडी उपलब्ध छ ।

बस्न्यात र कडरियाकै समकक्षमा ऊर्जा सचिव शंकरप्रसाद कोइरालाले पनि डेढ करोडको प्राडो चढिरहेका छन् । 

चमेलिया जलविद्युत् आयोजनाले झिकाएको जापानी प्राडोलाई सचिवले निजी बनाएका छन् । यही चमेलियाको गाडी पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले लगेर फिर्ता गरेका छैनन् । देउवाले पनि बिना हैसियत प्राधिकरणकै अर्काे महँगो प्राडो चढदै आएका छन् ।

अर्काे शक्तिशाली मानिएको गृह मन्त्रालयका सचिव गोविन्दप्रसाद कुसुमले पनि दुईवटा गाडी चढदै आएका छन् । ३५ लाख रुपैयाँ पर्ने कोरियन ८२२७ नम्बरको किया कार र २३१६ नम्बरको जापानिज इसुजु जिप गृहसचिवले चढेका गाडी हुन् । यी दुवैलाई उनले रातो नम्बर प्लेट हालेर निजी बनाएका छन् ।

सञ्चार सचिव सुशील घिमिरे पनि महँगो गाडी चढ्ने सचिवका रूपमा चर्चित छन् । उनले नेपाल टेलिकमको रातो प्राडो चढ्छन् । यसको मूल्य पनि डेढ करोड पर्छ । घिमिरेले मन्त्रालयकै अर्काे गाडी पनि लिएका छन् । 

सिँचाइ सचिव उमाकान्त झाले सरकारले दिएको गाडीका अतिरिक्त सिक्टा सिँचाइ आयोजनाका ठेकेदारलाई मासिक भाडा तिर्ने गरी बा५च ७३१७ नम्बरको गाडी लिएका छन् । सचिवमात्र होइन सिँचाइ मन्त्रीका पीए जन्मजय तिमिल्सिनाले पनि सिक्टाकै ठेकेदारको बा५च ७३३५ नम्बरको गाडी लिएका छन् । प्रधानन्यायाधीशले समेत दुईवटा महँगा सरकारी गाडी चढेका छन् । उनले आफ्नो गाडी बिगि्रएर गृह मन्त्रालयसँग अर्काे गाडी मागेका थिए । गृहले 

मा१झ ५५२३ को करिब ४० लाख पर्ने मित्सुवित्सी दिएको थियो तर पछि फिर्ता गरेनन् ।

मन्त्रालय फुटेर गाडी अपुग भएमा, तत्काल कसैको बिगि्रएमा 'तत्काल खाँचो टार्न' पछि फिर्ता हुने गरी गृहले सचिवहरूलाई गाडी उपलब्ध गराउने गर्छ । सम्बद्ध मन्त्रालयले आफ्नै बजेटमा गाडीहरू झिकाउने चलन छ । यसरी झिकाउँदा ३० लाखभन्दा बढी रकम खर्च हुने गर्छ । वन सचिव युवराज भुसालले नेदरल्यान्ड्स सरकारको जीविकोपार्जनका लागि तराई चुरे जैविक विविधता कार्यक्रम -बाइसेप एसटी) को ल्यान्डक्रुजर र मन्त्रालयको गरी दुईवटा चढदै आएका छन् । राजाको सक्रिय शासन कालमा कामु भूमिसुधार सचिव हुँदा भुसालले भूमिसुधार तथा व्यवस्था विभागको महानिर्देशकले चढदै आएको गाडी खोसेर आफ्ना सम्धी तथा नेपाली कांग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेललाई दिएर चर्चामा आएका थिए । भुसालले एमालेलाई रिझाउन 

नेता ईश्वर पोखरेललाई वनकै गाडी दिएका छन् । शिक्षा सचिवद्वय रामस्वरूप सिन्हा ८३०८ र दीपेन्द्रविक्रम थापा ८३०७ नम्बरले पनि अरू सचिवकै अनुकरण गरेका छन् । दुवैले सरकारले दिएको अतिरिक्त हुन्डाइको गाडी लिएका छन् । दोहोरो तेहोरो सुविधा लिने सचिवहरूको माझमा एउटा मात्र गाडी लिनेको संख्या भने अति कम छ । राष्ट्रिय योजना आयोगका सचिव युवराज पाण्डे, श्रम सचिव बाबुराम आचार्य, युवा खेलकुद सचिव सुशील जबराले एउटामात्र गाडी लिएका छन् ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by