ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Sunday, September 6, 2009

ओबामाले प्रधानमन्त्री नेपाललाई भेट्ने


काठमाडौं, भदौ २० -
प्रधानमन्त्री माधवकुमार नेपाललाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेटवार्ताको निम्तो दिएका छन् । ओबामाको निम्तो नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेफरी ए मुनले प्रधानमन्त्री नेपाललाई शुक्रबार बिहान दिएका हुन् । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले भने, 'असोज ७ गते दिउँसो १२ बजे अमेरिकी राष्ट्रपति र हाम्रो प्रधानमन्त्रीबीच भेटवार्ता हुने तय भएको छ ।'

भेटवार्तामा राष्ट्रसंघीय शान्ति मिसनलगायत विषयमा कुराकानी हुने उनले बताए । 'राष्ट्रसंघीय शान्ति मिसनलगायत त्यससँग सम्बन्धित सबै विषयमा कुराकानी हुन्छ, 'भट्टराईले भने, 'त्यसमा हाम्रो चासो र आवश्यकताका विषयमा प्र्रधानमन्त्रीले कुराकानी राख्नुहुनेछ ।' नेपाली सेनाले सन् १९५८ देखि शान्ति सेनामा सहभागिता जनाउँदै आएको छ जसमा हालसम्म ७१ हजारभन्दा बढी नेपाली सेना सहभागी भइसकेका छन् ।

संयुक्त राष्ट्रसंघको ६३ औं महासभामा भाग लिन प्रधानमन्त्री नेपालले नेतृत्व गर्ने एउटा टोली असोज ४ मा न्युयोर्क जाँदैछ । सोही अवसरमा अमेरिकी राष्ट्रपति ओबामाले राष्ट्रसंघीय शान्ति मिसनमा योेगदान पुर्‍याउने १० राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग भेटघाट गर्दैछन् जसमध्ये एक प्रधानमन्त्री नेपाल पनि छन् । नेपालले भेटवार्तामा ओबामालाई नेपालको शान्ति प्रक्रियाबारे पनि जानकारी गराउनेछन् ।

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाललगायत १ सय ३० राष्ट्रको आर्थिक सैन्य तथा प्रहरी सहयोग गरी सहभागिता जनाउँदै आएका छन् । त्यसमध्ये सबैभन्दा ठूलो सहयोगी अमेरिका हो ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by