ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 10, 2009

उग्रवामपन्थी नै प्रमुख खतरा : प्रधानमन्त्री


अर्को पार्टीको क्रान्तिकारिता वकालत गर्ने प्रवृत्ति त्याग'
काठमाडौँ, भदौ २५ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले उग्रवामपन्थी क्रियाकलाप नै अहिले मुलुकको प्रमुख खतरा भएको बताएका छन् । एमालेका कार्यकर्तालाई दक्षिणपन्थी र उग्रवामपन्थी भड्काउबाट जोगाउन सक्नुपर्ने धारणा पनि उनले राखे।
लेखक तथा साहित्यकार अग्निशिखाको प्रथम स्मृति दिवसका अवसरमा नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित कार्यक्रममा उनले अरु पार्टीका क्रियाकलाप क्रान्तिकारी भन्दै वकालत गर्ने प्रवृत्ति पनि त्याग्नुपर्ने बताए।
पार्टीभित्र देखापरेको गुट उपगुटले अग्निशिखाजस्ता इमान्दार र निष्ठावान नेता तथा कार्यकर्ताको भावनामा चोट पुगेको भनाइ उनको थियो। अग्निशिखा कम्युनिस्ट आन्दोलनमा लागेकालाई बौद्धिक खुराक दिने साहसिक व्यक्तित्व भएको भनाइ नेपालको थियो।
त्यस अवसरमा विभागद्वारा प्रकाशित स्मृतिग्रन्थ 'अग्निशिखा' र अग्निशिखा एवम् विनु सुवेदीको संयुक्त लेखनमा प्रकाशित 'गणतन्त्र : विश्व अनुभव अनुभूति र नेपाल' नामक पुस्तकको नेपालले विमोचन गरेका थिए। जसमा अग्निशिखाको साहित्य, पत्रकारिता र साङ्गठानिक व्यक्तित्व तथा विश्व र नेपाल कम्युनिस्ट आन्दोलन विशेषताबारे लेख समेटिएका छन् ।
अग्निशिखाको यसअघि नै १२ कृति प्रकाशित छन् । उनी एमाले केन्द्रीय प्रचार विभागका सदस्य थिए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by