ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 9, 2009

टेलिकमले माथिल्लो तामाकोशीमा १ अर्बको लगानी गर्ने


दिनेश कार्की, काठमाडौं, भदौ २४-

माथिल्लो तामाकोशी जलविद्यूत आयोजनामा नेपाल टेलिकमले ऋण लगानी गर्ने भएको छ। सवैभन्दा सस्तो आयोजनाको रुपमा पहिचान भएको तामाकोशीमा टेलिकमले १ अर्ब रूपैयाँ लगानी गर्ने सम्बन्धी पत्र नेपाल विद्यूत प्राधिकरणलाई पठाएको छ। टेलिकमले जलविद्यूत क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गर्दै आएको थियो। टेलिकमसँग नाफामुलक क्षेत्रमा लगानीयोग्य रकम मात्रै २६ अर्ब ८ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ।

प्राधिकराणका कार्यकारी निर्देशक जिबेन्द्र झाले टेलिकमले लगानीका लागि तत्परता देखाएको बताए। झाले भने(...लगानीसम्बन्धी थप कूराहरु छिटै हूनेछन्।' प्राधिकरणका अर्का एक स्रोतका अनूसार टेलिकम तामाकोशीजस्तो आकर्षक आयोजनामा एकैचोटी ऋण सम्झौता गर्न चाहन्छ। लगानीका लागि अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र प्राधिकरणले टेलिकमलाई केही समयदेखी आग्रह गर्दै आएका थिए।

यसअघि ऋण लगानीका लागि निजी बैंकहरुको सहवित्तियकरणले ६ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरिसकेका छन्। यसैगरी नागरिक लगानी कोषसँग २ अर्ब ऋण लिनका लागि सहमतिपत्रमा पनि हस्ताक्षर भइसकेको छ।

सम्झौताको लागि सहवित्तियकरण समुहले परियोजनाको वित्तिय र प्राविधिक अध्ययन(ड्यु डिलिजेन्स स्टडी) छ। आगामी तीन महिनासम्ममा अध्ययन पुरा गर्ने र त्यसको आधारमा प्राधिकरणसँग ऋण सम्झौता हूने सहवित्तियकरणको अगूवा बैंक हिमालयन बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक सम्शेर जबराले बताएका छन्।

सहवित्तियकरणको सम्झौताको आधारमा परियोजनामा कर्मचारी सन्चय कोषले १२ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ।

परियोजनामा ऋण सहयोगका लागि प्राधिकरणले नेपाली सेनाको सैनिक कल्याणकारी कोषलाइ पनि अनूरोध गर्दै पत्र पठाएको परियोजनाका निर्देशक मृगेन्द्रबहादूर श्रेष्ठले बताए। माथिल्लो तामाकोशीमा लगानी गर्न सेना सकारात्मक छ।' उनले भने(...हामी सेनाको थप प्रतिक्रियाको प्रतिक्षामा छौं।'

दोलखा जिल्लाको लामाबगरमा रहेको ४ सय ५६ मेगावाट क्षमताको यो आयोजना आगामी सन २०१३ सम्ममा निर्माण पुरा गर्ने लक्ष्य प्राधिकरणको रहेको छ। परियोजनालाई निर्माण गर्न ३३ अर्ब रुपैयाँ लागत लाग्ने अनूमान गरिएको छ।

परियोजना व्यवस्थापनले निर्माण प्रकृयालाई अगाडि बढाउन सिभिल ठेक्का गरिसकेको छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेक्काको लागि केही दिन भित्रै बोलपत्र आब्हान गरिने कार्यकारी निर्देशक झाले बताए।

परियोजनामा अहिले पहुँच सडक बनाउन सिंगटी देखि लामाबगर सम्मको २८ दशमलव ५ किलोमिटर बाटो बनिरहेको पिरियोजनाका निर्देशक श्रेष्ठले बताए।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by