ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 12, 2009

आन्दोलन विद्रोहको तयारी हो : भट्टराई


डडेल्धुरा, भदौ २७ (रासस)-
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संयुक्त जनआन्दोलन विद्रोहको पूर्व तयारी भएको बताएका छन्। डडेलधुरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले माओवादीले पटकपटक राष्ट्रपतिबाट नागरिक सर्वोच्चताको उल्लङ्घन गरिएकोबारे संसदमा छलफल गरी समस्या टुङ्ग्याउन पहल गरे पनि सरकारबाट युद्ध निम्त्याउने र संविधानसभा भङ्ग गर्ने दुस्प्रयास भइरहेकाले जनविद्रोह मात्रै विकल्प रहेको बताए।
भट्टराईले सहमतिको बिन्दुमा पुग्न नदिन संसदवादी दलहरुले संविधानसभालाई पङ्गु बनाएर राष्ट्रपति शासन लागू गर्ने षडयन्त्र गरिरहेको आरोपसमेत लगाए। सङ्क्रमणकालीन अवस्थामा बढ्दो दण्डहीनता अन्त्यका लागि सरकार सफल हुन नसकिरहेको दाबी गर्दै भट्टराईले दण्डहीनता बढ्दै गएकाले मुलुकमा लोकतन्त्रमाथि अझ खतरा बढिरहेको बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by