ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 10, 2009

सशस्त्र समूहका चार जना भारतमा पक्राउ

विजेता सिंह/जनकपुर, २५ भदौ

मधेशमा सशस्त्र विद्रोह गरिरहेको मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका प्रवक्ता रणवीर सिंह (विवश विद्रोही)सहित चार जना केन्द्रिय सदस्यलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
मधेस राष्ट्र जनतान्त्रिकका प्रवक्ता विवस विद्रोही, रामबाबु यादव, रामनारायण यादव र रामविलास यादवलाई नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको भारतीय प्रहरीले जनाएको छ। उनीहरुलाई भारतको दरभंगाको अलपट्टीबाट पक्राउ गरिएको हो।
उनीहरुबाट तीन थान पेस्तोल, दुई दर्जन गोली, २ थान नलकटुवासहितका हातहतियार बरामद गरिएको जनाइएको छ। सरकारले तराई क्षेत्रमा विशेष सुरक्षा नीति लागु गरेपछि सशस्त्र समूहका व्यक्तिहरु भारतमा शरण लिन थालेका छन्।
गत दुई महिना पहिले सो पाटीको अध्यक्ष सन्देश भनिने मेनेजर महतोलाई भारतकै जयनगरबाट भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई सिरहामा बुझाउदा सिरहा प्रहरीले इन्काउन्टर गरी ढालेको थियो।
अहिले सो पार्टीको अध्यक्षता पार्टीका उपाध्यक्ष रणवीर सिंहले गरिरहेको छन।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by