ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Thursday, September 10, 2009

सुन्दरीको मनमा बस्ने को होला ?



सामान्यतः भावहीन र निरस मुद्रामा भेटिने प्रधानमन्त्री माधव नेपाल बुधबार एक कार्यक्रममा विश्वचर्चित पूर्वस्पाइस गर्ल जेरी हेलिवेलसँग भने अत्यन्त रोमान्टिक ढंगले प्रस्तुत भए ।

नयाँ पत्रिका

काठमाडौं, २४ भदौ

अब कसले भन्ने, हाम्रा प्रधानमन्त्री माधवकुमार नेपाल रोमान्टिक छैनन् ? उनी कार्यकर्तासँग मात्र होइन, सुन्दरीसँग पनि हाँस्न सक्छन्, अँगालो मार्न सक्छन् र गाला जोडाजोड गर्न पनि सक्छन् । बस्, मौका पो चाहियो ।

'महिलाविरुद्धको हिंसा अन्त्य गरौं' राष्ट्रिय अभियानको शुभारम्भ गर्दा बुधबार प्रधानमन्त्रीले महिलाका नाममा सम्मानका शब्द मात्र बाँडेनन्, एउटी महिलाका हात समाते, अँगालो मारे र उनले दिएको चुम्बन पनि स्विकारे, त्यो पनि सहर्ष मुस्कानका साथ ।

'महिलाविरुद्धको हिंसा अन्त्य गरौँ' राष्ट्रिय अभियानको शुभारम्भका लागि राष्ट्रसंघीय जनसंख्या कोषकी सद्भावना दूत तथा बेलायती पप ब्यान्ड 'स्पाइस गर्ल'की सदस्य जेरी हेलिवेलले नेपाली प्रधानमन्त्रीसँग निकै न्यायो हार्दिकता साटिन् ।

प्रधानमन्त्री र जेरीको सिट सँगसँगै थियो । जेरीले पटक-पटक प्रधानमन्त्रीतर्फ हात बढाएर कहिले काँध सुम्सुम्याउँथिन्, कहिले हात मुसार्थिन् । पश्चिमी खुला समाजकी 'स्टार' सुन्दरीको यो गतिविधि खासै अस्वाभाविक थिएन । उनी पटक-पटक प्रधानमन्त्रीसँग कानेखुसी पनि गरिरहेकी थिइन् । यो सब देखेर सिने अभिनेत्री करिश्मा मानन्धर र अभिनेता निखिल उप्रेती मुसुमुसु हाँसिरहेका थिए ।

कार्यक्रम सकिएपछि पनि जेरीकै अनुरोधमा 'ग्रुप फोटो सेसन' सुरु भयो । जेरीले निर्धक्कसँग प्रधानमन्त्रीको काँध बेरेर हात राखिन् । सुरुमा प्रधानमन्त्रीले अप्ठ्यारो माने, तर बिस्तारै उनले पनि जेरीको काँधमा हात राखे । क्यामराका 'फ्ल्यास' ले हल झलमल्ल भए ।

'ग्रुप फोटो सेसन' सकिएपछि प्रधानमन्त्री बिदा भएर हिँड्न थालेका थिए । तर, जेरीले फेरि उनको हात समातिन् र गालामा 'किस' खान थालिन् । सोझा प्रधानमन्त्रीले 'नो नो, थ्याङ्क्स, थ्याङ्क्स' भन्दै पछि हट्लान् भन्ने दर्शकको अनुमान थियो । तर, प्रधानमन्त्रीले हात समातेर 'स्पाइस गर्ल'को 'स्पाइसी किस'सहर्ष ग्रहण गरे ।

प्रधानमन्त्रीले जेरीसँग हार्दिकता मात्र साटेनन्, हिंसापीडित नेपाली महिलाप्रति सहानुभूति व्यक्त गर्दै सन् २०१० मा लैंगिक हिंसामुक्त देश बनाउने घोषणा पनि गरे । अनुमानित तथ्यांकअनुसार ८० प्रतिशत महिला घरेलु हिंसाबाट पीडित छन् ।

1 comment:

  1. hamra comred prachanda lai ta hunu samma bhayo hola yesti ramri maiyya lai angalo halna paina tyo rukmangate le garda bhandai sarapi ra holan hai...

    ReplyDelete

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by