ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 11, 2009

'आन्तरिक विवाद सडकमा पोख्दा कसलाई क्षति पुग्छ ?’

image\

गणतन्त्र : विश्व अनुभव, अनुभूति र नेपाल तथा अग्निशिखा स्मारिका विमोचन गर्दै प्रधानमन्त्री । तस्बिर : श्रीधर पौडेल/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २५ भदौ

प्रधानमन्त्री माधवकुमार नेपालले एमालेभित्र पार्टीका आन्तरिक विवाद सडकमा पोख्ने र इतरपार्टीलाई क्रान्तिकारी देख्ने प्रवृत्ति बढेको बताएका छन् । उनले यस्तो प्रवृत्ति पार्टीका लागि घातकसिद्ध हुने चेतावनीसमेत दिए ।

'पार्टीका आन्तरिक कुरा सञ्चारमाध्यमको हेडलाइन बनेर आउँदा कार्यकर्तामा निराशा बढ्छ, आफूभन्दा बढी अरूलाई क्रान्तिकारी देख्ने प्रवृत्ति अझ घातक छ,' सञ्चारकर्मी स्व. अग्निशिखा र विनु रिजालद्वारा लिखित 'गणतन्त्र: विश्व अनुभव, अनुभूति र नेपाल' पुस्तकको बिहीबार एमाले मुख्यालय बल्खुमा विमोचन गर्दै प्रधानमन्त्री नेपालले पार्टीमा आठौँ महाधिवेशनले निर्धारण गरेअनुरूप काम हुन नसकेको गुनासोसमेत गरे ।

उग्रवामपन्थ कम्युनिस्ट आन्दोलनको प्रमुख खतरा भएको भन्दै त्यो दक्षिणपन्थमा गएर जोडिने प्रधानमन्त्री नेपालको भनाइ थियो । 'उग्रवामपन्थबाट पार्टीलाई जोगाएर अघि बढाउनु अहिलेको प्रमुख चुनौती हो,' नेता नेपालले भने, 'पार्टीभित्रका सानातिना मनमुटाव सडकमा पोख्ने प्रवृत्तिले पार्टीलाई क्षति गर्छ ।'

कार्यक्रममा एमाले प्रचार विभागद्वारा प्रकाशित 'अग्निशिखा' स्मारिका पनि विमोचन गरिएको थियो ।

एमाले नेता प्रदीप ज्ञवालीले प्रकाशित पुस्तक गणतन्त्रलाई 'मिनी-इन्साइक्लोपेडिया' संज्ञा दिए । कार्यक्रममा साहित्यकार शार्दूल भट्टराई, कवि श्यामल, वासुदेव अधिकारी, पुस्तककी सहलेखिका विनु रिजाललगायतले बोलेका थिए ।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by