ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 11, 2009

माओवादीसंग मित्रवत व्यवहार गरौं : पोखरेल

बिनोद त्रिपाठ
भरतपुर , २०६६ भाद्र २६ -

एमाले महासचिव ईश्वर पोखरेलले एकीकृत माओवादीले जति कुटेपनि मारेपनि सहन सक्नुपर्ने बताएका छन् । एमालेको कांग्रेससंगको मतभेद बढी छ, तर माओबादीसंग सैद्धान्तिक रुपमा मतभेद कम भएकोले माओवादीसंग मित्रवत व्यवहार गर्न पोखरेलले कार्यकर्तालाई आग्रह गरेका थिए ।
'जति सहन सक्ने शक्ति एमालेमा हुन्छ, उति पार्टीको महानता बढ्नेछ,' एमाले चितवनको सातौं अधिबेशन उदघाटन गर्दे शुक्रबार भरतपुरमा उनले भने-'माओवादीले कुटेपनि मारेपनि विजय एमालेको हुनेछ ।' उनले एमालेको महानता जाइलाग्ने होइन संबादबाट समाधान गर्ने रहेको बताए ।

एमालेले माओवादीका बिचारलाई खण्डन गर्दे जनताकोबीचबाट उदाङ्ग पार्नुपर्ने उनले बताए । उनले मदन भण्डरीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको पनि खुलेर आलोचना गरेका थिए । अब संधै पूरानो शैलीमा जनताको बहुदलीय जनवाद भनेर केहि हुने वाला छैन, उनले भने यसलाई समयको परिवर्तन प्रवाहसंगै फेरबदल गरेर लैजानु त्यति नै आवश्यक छ ।'

माओवादीलाई एक्याएर संबिधान बनाउाछु भन्ने दिवा सपना कसैलाई पनि नदेख्न आग्रह गर्दे उनले भने-'३३ सिट जितेको एमालेले माओवादीलाई एक्ल्याएर कांग्रेसको साथ मात्र लिएर नयां संबिधानको परिकल्पना गर्न सकिन्न ।'

एमालेलाई नयां गति र नयां जिवन दिन देशभरका साना ठूला कमिटी भंग गरिएको उनको दावी थियो ।



No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by