ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Friday, September 11, 2009

प्रधानमन्त्री नेपाललाई सम्मान

काठमाडौं, २६ भदौ (दैनिकी)

प्रसुति वेदनाबाट मृत्युको मुखमा पुगेकी रुकुमकी कमला चन्दलाई उद्धार गरेका प्रधानमन्त्री माधवकुमार नेपाललाई सम्मानित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आयोजित कार्यक्रममा स्वास्थ्यको लागि खाद्यान्न नामक संस्थाले प्रधानमन्त्री नेपाललाई सम्मान गरेको हो ।
प्रधानमन्त्री नेपालले सुदूर पश्चिमान्चलको भीमदत्त नगरमा मंगलबार सम्पन्न समारोहमा भाग लिइ नेपालगन्ज हुँदै बुधबार बिहानै हेलिकप्टर आउने बेलामा प्रसुती बेदनामा परेकी चन्दको अवस्थाबारे जानकारी पाएपछि उद्धारका लागि अकस्मात रुकुम पुगेका थिए । मन्त्रिपरिषद्को बैठकसमेत स्थगित गरेर एक नागरिकको जीवन बचाएको भन्दै प्रम नेपाललाई सम्मानित गरिएको हो ।
सो अवसरमा प्रधानमन्त्री नेपालले नेपालका ग्रामीण क्षेत्रका बासिन्दा बिरामी भएपछि अस्पताल पुर्‍याउन नपाउँदै मृत्यु हुने गरेको तर्फ लक्षित गर्दै यस्ता व्यक्तिहरूलाई उद्धार तथा उपचारको लागि हवाई एम्बुलेन्सको आवश्यकता रहेको बताए ।
हवाई एम्बुलेन्सको लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरिने उनले बताए ।
दूर्गम क्षेत्रका बासिन्दाको उपचार तथा उचारलाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिदै प्रम नेपालले मातृ र बालमृत्युदर घटाउन राष्ट्रिय अभियान जिल्ला-जिल्लामा लैजानुपर्ने धारणा राखे ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by