ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 9, 2009

कस्ता छन् सेनापति ?


पर्शुराम काफ्ले/नयाँ पत्रिका

काठमाडौँ, २३ भदौ

नेपाली सेनाको इतिहासमा पहिलोपटक जनजाति जर्नेल छत्रमान सिं गुरुङ आजदेखि प्रधानसेनापति बन्ने भएका छन् । प्रधानसेनापति रुक्मांगद कटवालको सेवाअवधि सकिएपछि गुरुङले करिब ९५ हजार सेनाको चेन अफ कमान्ड सम्हाल्दै छन् ।

२५ साउनमा कामु सेनापति भएका गुरुङले बुधबार अपराह्न राष्ट्रपति डा. रामवरण यादवबाट फुली लगाउने र त्यसपछि जंगीअड्डा गएर पद बहाली गर्ने कार्यक्रम छ ।

०२८ सालमा सेनामा प्रवेश गरेका गुरुङले सुरुवातको तालिम भारतको देहरादुनस्थित सैनिक शिक्षालयमा लिएका हुन् । सैन्य सेवाका क्रममा उनले बेलायतमा सैनिक सहचारी -मिलिटरी एटाची) को समेत भूमिका निर्वाह गरिसकेका छन् । पृतनापतिलगायत सेनाका महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनले अमेरिका र चीनमा डिफेन्स कोर्स गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र उपसभापति गोपालमान श्रेष्ठसँग निकट सम्बन्ध रहेका उनी एमाले अध्यक्ष्ा झलनाथ खनालका पनि आइएस्सी पढ्दाका क्लासमेट हुन् । पछिल्ल्ाोपटक तत्कालीन रक्षामन्त्री रामबहादुर थापा बादलसँग उनी चीन-भ्रमण गएका थिए । उनलाई बादल रक्षामन्त्री भएकै पालामा उपरथीबाट रथीमा बढुवा गरिएको थियो । कटवाल बिदामा बस्नुअघि उनी बलाधिकृत रथीका रूपमा कार्यरत थिए ।

प्रधानसेनापति गुरुङका विश्वासप्राप्त सैन्य अधिकारीहरू अधिकांश जनजाति पृष्ठभूमिका छन् । उपरथीहरू अनन्त थेबे, दमनबहादुर घले, रामबहादुर गुरुङ र डम्बरबहादुर गुरुङ अहिले उनका सबैभन्दा निकट मानिन्छन् । थेबे राष्ट्रिय सुरक्षापरिषद्का सहसंयोजक हुन् भने घले सैनिक तालिम महानिर्देशनालयका प्रमुख छन् । दमनबहादुर घले उनका बहिनी-ज्वाइँ पनि हुन् । माथिल्ला अधिकारीमध्ये गुरुङका सबैभन्दा विश्वासिला घले मानिन्छन् । उपरथी डम्बरबहादुर हाल दिपायलमा छन् भने उपरथी रामबहादुर गुरुङ पूर्वी पृतनापति हुन् । डम्बरबहादुर एमाले अध्यक्ष खनालका इलामे छिमेकीसमेत हुन् ।

प्राड विभागका उपरथी बिएकुमार शर्मा, जनसम्पर्क निर्देश्ानालयका निर्देश्ाक सहायकरथी रमिन्द्र क्षेत्री, वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज हेर्ने जर्नेल भिक्टर राणा र डिएमआईका निर्देशक पवनबहादुर पाण्डे पनि गुरुङका निकट र विश्वासप्राप्त मानिन्छन् । पूर्वजर्नेलहरू सिबी गुरुङ र गोविन्द गुरुङ पनि प्रधानसेनापति गुरुङका शुभेच्छुक हुन् । तत्कालीन प्रधानसेनापति प्यारजंग थापापछि प्रधानसेनापति बन्न कटवाल र गोविन्द गुरुङबीच प्रतिस्पर्धा चल्दा छत्रमान गोविन्दका पक्षमा थिए । 'लामो समयसम्म कटवाल र गुरुङबीच निकट सम्बन्ध थिएन,' एक वरिष्ठ सैनिक अधिकारीले भने, 'तर, माओवादीले कटवाललाई कारबाही गरेपछि उनी कटवालका पक्षमा उभिए ।'

तेक्वान्दोका नामुद खेलाडी सेनाभित्र व्यावसायिक कमान्डर मानिन्छन् । 'उनी कटवालजस्ता बोलक्कड छैन्ान्, तर बढी खट्छन्,' उनी निकटस्थ एक अधिकारीले भने, 'तर, कटवालभन्दा बढी व्यावसायिक छन् ।'


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by