ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Wednesday, September 9, 2009

कांग्रेस मुख्यालयमा बम विष्फोट गर्ने पक्राउ


विराटनगर, भदौं २४ (नागरिक)-


नेपाली कांग्रेसको केन्द्रीय कार्यालय काठमाण्डौंमा बम बिष्फोट गराउने नेपाल डिफेन्स आर्मीका उज्जवल खरेललाई मोरङ प्रहरीले बुधवार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी देवेन्द्र सुबेदीले दिएको जानकारी अनुसार विराटनगरबाट खरेललाई पक्राउ गरिएको हो। खरेल कांग्रेस मुख्यालयमा बम बिष्फोट गराउने कार्यमा संग्लन रहेको एसपी सुबेदीले बताए।

अनुसन्धानका लागि खरेललाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। यसअघि, मोरङ प्रहरीले डिफेन्स आर्मीका प्रमुख आरपी मैनाली र रणवीर सेनाका कमाण्डर बिनोद पाण्डेलाई पक्राउ गरिसकेको छ।


No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by