ई नेपाल खबर हेडलाईन

ई नेपाल खबर

Saturday, September 12, 2009

प्रचण्डले मलाई प्रधानमन्त्री बनाउँछु भनेः पौडेल



पवन पौडेल/तनहुँ २७ भदौ
नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पदबाट हटेलगत्तै माओवादी अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्रीको प्रलोभन दिएको खुलासा गरेका छन। तनहुँको सदरमुकाम दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँद्वारा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पहिलोपटक यस्तो खुलासा गरेका हुन।

आफूले सत्ताको निर्दयी खेलले देशको राष्ट्रियता खतरामा पर्न सक्ने भन्दै त्यतिबेला प्रचण्डको आग्रहलाई लत्याईदिएको भन्दै अहिले फेरि प्रचण्डले सुजातालाई प्रधानमन्त्री बनाउने प्रलोभन दिंदै पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई फकाइरहेको खुलासा गरे।
नेता पौडेलले यस्तो प्रलोभनलाई हरियो घाँस दिएर खाडलमा पार्ने षडयन्त्रको संज्ञा दिए।
कांग्रेस संसदीय दलका नेता समेत रहेका पौडेलले कांग्रेसको सक्रियतामा बनेकाले माधव नेपाल नेतृत्वको सरकारको सफलतालाई पार्टीको सफलताको रुपमा हेरिने गरेकाले यसलाई कुनै हालतमा असफल हुन नदिने प्रतिवद्धता जनाए।
पौडेेलले कांग्रेसले संविधानसभा निर्वाचनमा हार बेहोरे पनि संसद र संविधान निर्माण प्रक्रियामा भने ठूलो सफलता हासिल गरेको बताए।
कार्यक्रममा नेपाली कांग्रसका केन्द्रिय सदस्य अमरराज कैनीले वर्तमान सरकारका सामू चुनौती रहेको भन्दै नयाँ संविधान जुनसुकै हालतमा बनाउन कांग्रेसले कसरत गर्नुपर्ने बताए।

No comments:

Post a Comment

यो समाचार अरु साथीहरु संग बाड्नुहोस

फेसबुकमा बाड्नका लागि यहॉ थिच्नुहोस

Sponsored by